Breaking

रवि लामिछाने प्रकरण : अनुसन्धान गर्न थप १० दिन म्याद थप


काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न मंगलबार १० दिनको म्याद थपिएको छ । कास्की जिल्ला अदालतले म्याद थप गरेको हो ।

उक्त १० दिनमा तिहार बिदा समेत गणना गरिने अदालतका सूचना अधिकारी सुरज अधिकारीले बाह्रखरीलाई जानकारी दिए । त्यसानुसार, लामिछाने अझै चार दिन हिरासतमा रहनेछन् ।

उनीविरुद्ध दोस्रोपटकको म्याद थप यही कात्तिक १४ गते सकिएको थियो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा राखेर उनीमाथि अनुसन्धान जारी छ । उनलाई यही कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो ।

उनीविरुद्ध पहिलोपटक ६ दिन म्याद थपिएको थियो । दोस्रोपटक सात दिन म्याद थपेर अनुसन्धान गरिएको थियो ।