अन्तर्राष्ट्रिय

भारतको उत्तराखण्डमा बस दुर्घटनाः ३६ जनाको मृत्यु


भारतको उत्तराखण्डमा पर्नेअल्मोडा मार्चुलामा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ ।

४२जना सवार रहेको उक्त बस नैनीडाँडादेखि रामनगरतर्फ जाँदै थियो । दुर्घनामा ६ जना घाइते भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन । बस दुर्घटनामा घाइते र मृतकका लागि मुख्यमन्त्री पुष्कर सिंह धामीले राहतको घोषणा गरेका छन् । उनले घाइतेहरुको शीघ्र उपचारका लागि नजिकैका स्वास्थ्य केन्द्रमा व्यवस्था गरिएको बताएका छन् ।।