अन्तर्राष्ट्रिय

आप्रवासी र रैथाने मुद्दाको भिडन्त, मतदाता रिझाउ तुच्छ गाली


संयुक्त राज्य अमेरिकामा आगामी मङ्गलवार नोभेम्बर ५ का दिन नयाँ राष्ट्रपति छान्न निर्वाचन हुँदै छ। पहिलो महिला राष्ट्रपतिको दौडमा रहेकी कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ट ट्रम्प चुनावी मैदानमा छन् । अमेरिकीहरुले ईतिहासकै महत्वपूर्ण संज्ञा दिएको यो चुनाव मुद्धाका कारण पनि चर्चामा छ ।

घोषित दिन नजिकिदै गर्दा अमेरिकी राष्ट्रपतीय चुनावको सरगर्मी बढेको छ । आगामी मंगलबार अर्थात नोभेम्बर ५ मा हुने यो निर्वाचनमा डोलान्ट ट्रम्प र कमला हयारिसबीच कडा प्रतिस्पर्धा देखिन्छ । फलत ः के अमेरिकाले प्रथम महिला राष्ट्रप्रमुख पाउला कि पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प पुनः सत्तामा फर्किएलान अमेरिकी राजनीतिमा यो अहिले चासोको विषय बनेको छ।

त्यस्तै उनीहरुका मुद्धाका कारण पनि यो निर्वाचन चर्चामा रहँदा अमेरिकीहरुले ईतिहासकै महत्वपूर्ण चुनाव भएको संज्ञा नै दिएका छन् । निर्वाचनको सम्बोधनहरु सुन्दा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार एवं बहालवाला उपराष्ट्रपति ह्यारिसले अमेरिकाले यसपालि “अगाडि बढ्ने वा पछाडि फर्कने“ मध्येबाट एउटा छनौट गर्नुपर्ने बताउँदै आएकी छन्। यतारिपब्लिकन उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकासामु “आफ्नो महान्ताको पुनर्पुष्टि गर्ने मौका भएको“ बताउने गरेका छन्। मुलत यो निर्वाचन नितिको लडाईका रुपमा हेरिदाँ आप्रवासीको विषय सबैभन्दा चर्चामा छ ।

आलोचकहरू ह्यारिस र राष्ट्रपति जो बाइडनले दक्षिणी सिमाना खुला गरेर गैरकानुनी आप्रवासीलाई प्रश्रय दिइरहेको गुनासो गर्दछन्। यसले अमेरिकाको सामाजिक पहिचान र स्थायित्वमा दखल पुग्ने उनीहरूको कथन छ। जसलाई ट्रम्पले बोकिरहेका छन् । फलत ः रिपब्लिकनहरू सत्तामा आउँदा अत्यधिक कठोर नियमहरू लागू गर्ने तर्क डेमोक्र्याटहरूको छ। यस्तो कार्य अमेरिकी मूल्यमान्यताहरू विरुद्ध हुने तर्क डेम्रोक्रयाटहरू रहँदाट्रम्पले चुनावमा अघि सारेका मुद्दाहरूमा संयुक्त राज्य अमेरिकामा बस्ने झन्डै १ करोड ५० लाख गैर कानुनी आप्रवासीहरूको सामूहिक निर्वासन पनि एक हो। उनी त जन्मसिद्ध नागरिकताको समेत अन्त्य गर्न पनि चाहन्छन्।

एउटा ताजा मतसर्वेक्षणले ५५ प्रतिशत अमेरिकीले आप्रवासीको सङ्ख्या घटेको देख्न चाहेको देखाएको छ। यसले ट्रम्पलाई फाइदा गर्ने देखिदाँ विगत केही दिनयता प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ। उनीहरु अहिले अहिले दुई प्रतिशत मतले मात्र अगाडिपछाडि भएको देखिन्छ। यस्तो परिस्थितिमा निर्वाचनको परिणाम कसको पक्षमा जान्छ भन्न सकिँदैन।५० राज्य रहेको अमेरिकामा अधिकांश राज्यले प्रत्येक निर्वाचनमा प्रायः एउटै पार्टीलाई मत दिन्छन।

केही राज्यमा मात्र दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुन्छ।ती राज्यले नै समग्र निर्वाचनको परिणाम तलमाथि पारिदिन्छन्। ती राज्यलाई ’ब्याटलग्राउन्ड स्टेट’ (सङ्ग्रामभूमि राज्य) अथवा ’स्विङ स्टेट’ भन्ने गरिन्छ।यस्ता सात स्टेटमा दुई उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ।अगस्ट महिनादेखि एरिजोना, जोर्जा र नोर्थ क्यारलाइनामा एकै उम्मेदवारको अग्रता छैन। केही सातादेखि यी राज्यमा ट्रम्प झिनो मतले अगाडि देखिएका छन्।नभाडा राज्यमा पनि अगाडि हुने उम्मेदवार एकै छैनन् ।

त्यहाँ अहिले ह्यारिसलाई ट्रम्पभन्दा केही अगाडि देखिन्छ । त्यस्तै मिशिगन, पेन्सिल्भेनिआ र विस्कन्सिनमा अगस्ट महिनादेखि ह्यारिस अगाडि थिईन । तर अहिले पेन्सिल्भेनिआमा ट्रम्पले झिनो अग्रता पाएका पाउँदा मिशिगन र विस्कन्सिनमा मात्रै ह्यारि अघि छन् । जवकिसन् २०१६ मा ट्रम्प विजयी हुनुअघि यी तीनवटै राज्यलाई डेमोक्र्याटिक पार्टीको गढ मानिन्थ्यो। सन् २०२० मा जो बाइडनले ती राज्यमा आफ्नो पार्टीको प्रभाव पुनः स्थापित गरे। फलत ः यसपालि ह्यारिसले ती राज्यलाई आफ्नो पक्षमा पार्न महत्वपूर्ण देखिदाँ ट्रम्पले बढाएको अग्रता उनका लागि घातक बन्न सक्छ ।

हुन त अहिले नै कसले जित्छ भनेर दाबी गर्न सकिने अवस्था छैन् । तर महिला भोट निर्णायक रहँदा उनीहरुको साथ कता रहन्छन त्यसले प्रभाव पार्ने छ । त्यस्तै वर्तमान सरकारले मध्यपूर्वमा गरेको सहयोगका कारण मुस्लिमहरुको भोट ट्रम्पको पक्षमा जाने बताईन्छ ।त्यस्तै आप्रवासीका बारे समेत उनले वोलेका विषय विविध कारणले कार्यान्वयमा समस्या देखिदाँ यो निर्वाचनको भाषणमात्रै हुने एकाथरीको बुझाई छ ।

त्यस्तै ह्यारिस अश्वेत हुनुलाई समेत केहि हदसम्म मुद्धा बनाईदा महिला हुनु भने उनका लागि फाईदाजक हुनसक्छ । तर अर्को विषय के छ भने दुवै पार्टीभित्रबाट आधिकारिक उम्मेदवारको अभूतपूर्व रूपमा चर्को विरोध भइरहेको छ। ट्रम्पले रिपब्लिकन पार्टीलाई आफ्नो आधारभूत परम्पराबाट टाढा र अतिवादतर्फ उन्मुख गराएको भन्दै ह्यारिसलाइ मत खसाल्न तत्पर रिपब्लिकनको पङ्क्ती बाक्लै देखिन्छ। तर वाईडेन पछि हटेर उम्मेदवार घोषणा गर्दा ह्यारेसले पाएको चर्चा विस्तारै कम हुदै जानु समेत उनका लागि खतरापूर्ण भने छ ।