अमेरिका आफ्नो ४७ र्औ राष्ट्रपती छान्न निर्वाचनको सम्मुखमा छ । नोभेम्वर पाँच अर्थात अबको तीन दिनमा भावी अमेरिकी राष्ट्रपतिका लागि मतदान हुँदैछ । बहालवाला उपराष्ट्रपति समेत रहेकी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पबीचको चुनावी टक्करले चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।
नोभेम्वर पाँच अर्थात यही मंगलबार अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुँदैछ । भावी अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक पार्टीबाट कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट डोनल्ड ट्रम्प चुनावी मैदानमा छन । गत अगष्टमा राष्ट्रपतिको उम्मेदारी घोषणा गरे यता मतदाता आफ्नो पक्षमा तान्न भ्याईनभ्याई गरिरहेका ट्रम्प र ह्यारिसले मिलवाकी क्षेत्रमा गएराति आ–आफ्नो चुनावी सभा सम्पन्न गरेका छन् । ट्रम्पले कमला ह्यारिसको दबदबा रहेका मिशिगन र विस्कन्सिनमा आफ्नो अन्तिम चुनावी सभा गरेका छन् भने ह्यारिसले अन्तिम कार्यक्रम ब्याडजर क्षेत्रमा केन्द्रित गरेकी छिन् । उम्मेदवारी घोषण गरेयता एकले अर्काप्रति व्यक्तिगत कटाक्ष गरी नथाकेका ट्रम्प र ह्यारिसले आफ्नो चुनावी एजेन्डाको प्रचार भन्दा प्रतिद्धन्दीलाई खुल्याउनै उदत्त रहे ।
ट्रम्प र ह्यारिसको चुनावी प्रतिस्पर्धा अमेरिकी राष्ट्रपतीय निर्वाचनमै ऐतिहासिक एवंम असामान्य भएको विश्लेषण भइरहेको छ । बहालवाला उपराष्ट्रपति कमला ह्यारिस पहिलो अश्वेत महिला अमेरिकाको सर्वोच्च पदमा पुग्दै इतिहास रच्ने रणनीतिमा छिन् । यता पूर्वराष्ट्रपति भईसकेका ट्रम्प जुनसुकै हालतमा चुनाव जित्ने ध्याउन्नमा छन् । कमलालाई प्रतिस्पर्धी नै नठानेका ट्रम्प चुनाव जित्नेमा ढुक्क देखिन्छन् । भने ह्यारिस चाहिँ ट्रम्प डराइसकेको बताउने गरेकी छिन् । अमेरिका अगाडि बढ्ने वा पछाडि फर्कने ? आफु अगाडी बढाउने पात्र र ट्रम्प पछाडि फर्काउने पात्रको रुपमा प्रचार गर्दै आएकी छिन् । यसअघि नै राष्ट्रपति भईसकेका ट्रम्प अमेरिकासामु आफुलाई पुर्नपुष्टि गर्ने मौका भएको भन्दै मतदाता रिझाई रहेका छन् । नीतिगत एजेण्डाको लडाईंमा दुवै उम्मेदवारका फरक र अब्बल योजना छन् । स्वास्थ्य सेवा सुधार, जलवायु, आर्थिक असमानता र परराष्ट्र नीतिवारे मतदातामाझ आ–आफ्नो नीति योजना बोकेर चुनाव प्रचार गरेका उनीहरु नतिजा आफ्ना पक्षमा आउनेमा ढुक्क छन् ।
खासमा मत सर्वेक्षणका आधारमा पाएको समहानुभूतिलाई दुबैले जितको आधार बनाएको देखिन्छ । सर्वेक्षणमा कमला र ट्रम्पबीच एक प्रतिशतको मात्र मतान्तर देखिएको छ । १० दिनको देशव्यापी मत सर्वेक्षणलाई विश्लेषण गरेर द गार्जिएनले ३१ अक्टोबरमा सार्वजनिक गरेको मत सर्वेक्षणमा कमलाले ४८ प्रतिशत र ट्रम्पले ४७ प्रतिशत प्राप्त गरेका छन् । ह्वाइट हाउसको चाबी हत्याउन निर्णयाक पेन्सिल्भेनिया र नभाडमा ट्रम्प र ह्यारिसको समान ४८÷४८ प्रतिशत मत छ । एरिजोना, जोर्जा, नर्थ क्यारलाइनामा कमलालाई ट्रम्पले उछिन्न सफल भएका छन् । मिशिगन, विस्कन्सिनमा ह्यारिस अघि छिन् ।
अन्य राज्यहरुमा पनि कमला र ट्रम्पको टक्कर उस्तै छ । पछिल्लो जनगणना अनुसार अमेरिकामा ५९ सेता जातिको जनसंख्या छ । जसमा उनीहरु सबै ट्रम्प समर्थक मानिन्छन् । यसअघि ट्रम्पले पाएको मतले पनि यसलाई पुष्टि गर्छ । ६० प्रतिशत ह्वाइटमेनले ट्रम्पलाई भोट दिने भनेका छन् । ४६ प्रतिशत ह्वाईट महिलाहरुले ट्रम्पलाई भोट दिने बताएका छन् । ४२ प्रतिशतले मात्र कमलालाई भोट दिने बताएका छन् । यस पटक अमेरिकी चुनावमा लैंगिक मतभेदले समेत फरक पार्ने प्रक्षेपण गरिएको छ । यसबाहेक विश्व धनाढ्य एलन मस्क, पेपलका संस्थापक पिटर टिल लगायतहरु ट्रम्पको पक्षमा उभिँदा कमलाले हलिउडको साथ पाईरहेकी छिन् । कलाकारहरुले कमलाको प्रचारमा कुनै कमि छोडेका छैनन् । माइक्रोसफ्टका विल गेट्स र मेटाका सिइओ मार्क जुकरवर्गको झुकाव समेत ह्यारिसतर्फै रहेको बताइन्छ ।
विश्व शक्ति राष्ट्र अमेरिकाको चुनावमा अन्तराष्ट्रिय प्रभाव नपर्ने कुरै भएन । चनावी क्यम्पियनमा मध्यपूर्वमा जारी युद्ध पनि चासोका साथ हेरिनेमध्येको एक पक्ष बनेको छ । कमलाले चुनाव जिते वर्तमान राष्ट्रपति जो बाईडनकै नीति अघि बढाउने भएकाले यसको असर चुनावमा समेत नपर्ला भन्न सकिँदैन । रुस–युक्रेन, इजरायल–प्यालेस्टाइन–लेबना र इरान युद्ध चीन–युरोप–नेटो दक्षिण अफ्रिका मेक्सिको विश्व व्यापारदेखि जलवायु परिवर्तनसम्वन्धी मामिलासम्मले प्रभाव पार्ने देखिन्छ । अर्थतन्त्र, आप्रवासन र राष्ट्रवादको भावनाबाट प्रभावित हुने अमेरिकी मतदाता यो पटक रुस–युक्रेन र मध्यपूर्वको युद्धले पनि प्रभावित हुने आंकलन छ ।
प्रतिक्रिया