Breaking

हिरासतमै स्वर्णिम–रविको भेट, पुस्तकबाटै विद्रोहको संकेत



वाहिर तिहारको झिलिमिल चल्दा कास्की हिरासतमा रवि लामिछाने किताव पढेर दिन विताईरहेका छन् । थुनामा राखेर अनुसन्धान गर्न अदालतले दोश्रो चोटि दिएको म्याद समेत सकिदा उनी तिहारकै कारण हिरासतमा रहेका हुन् । त्यस्तै तिहारकै कारण उनीको रिहाईमा वोल्नेहरु समेत मौन बन्दा हिरासत बसाई लम्बिने यर्थाथतालाई स्वीकार्नुको विकल्प उनीसँग अहिले देखिएको छैन ।

बाहिर बत्तीको झिलमिल छ भित्र म निभेको छु । सुविन भट्टराईको वेष्टसेलर उपन्यास समरलभको यो लाईन कसैसँग मेल खान्छ भने त्यो पात्र रवि लामिछाने नै हुन् । सहकारी ठगी आरोपमा कास्की प्रहरी हिरासतमा रहेका उनी अचेल किताव पढेर दिन कटाईरहेका छन् । अरु नेता जस्तो विरामीको नाटक गरेर हिरासत नछलेका उनी भीड देखाएर निस्कने नसक्ने वास्तविकता बुझ्ने भईसकेका छन् ।

फलत ः बाहिर आफ्ना नेतालाई प्रधानमन्त्री केपी शर्मा ओली देखि काँग्रेस सभापति शेरबहादुर देउवा फकाउन लगाएका उनी हिरासत बसाई लामै हुने स्वीकारेकै बसेका हुन् । उनलाई भेट्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टिका उपसभापति डा.स्वर्णिम वाग्लेले अनुसार लामिछानेको मनोबल उच्च रहेको पाएको पनि खुलाएका छन् । उनका अनुसार अहिलेसम्म लामिछानेलाई सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित गरेर ८० वटा सामान्य प्रश्नको बयान लिईएको छ । त्यस्तै अर्को तीन वर्ष ओली–राणा–देउवाकै सेरोफेरोमा शासन चल्दा देशको के बेहाल हुने होला ?’

भनेर रविले प्रश्न गरेको वाग्लेले उल्लेख गरेका छन् । यसको अर्थ रास्वपाले अब उठाउने मुद्धा के हुने भन्ने संकेत मिल्दा वाग्लेले तिहार र छठपछि सुशासनको बृहत्त एजेण्डामा नयाँ शक्तिहरु गोलबद्ध हुनुपर्ने देखिएको पनि आवश्यकत्ता औंल्याउदै यसलाई अझ प्रष्ट पारेका छन् । त्यस्तै लामिछानेलाई फरिद जकारियाद्धारा लिखित नयाँ पुस्तक ‘एज अफ रिभोलुसन्स’ दिएको उनको पोष्टले रविको हतारोले मात्र केहि नहुनेमा रास्वपाका अरु नेताहरुको प्रष्ट भएको सँकेत मिलेको छ । जहाँ तिहारको रमझमसँगै शान्त बनेका उनीहरुका कारण भित्र रविसमेत अब पर्ख र हेर भन्दा माथि उठ्न सक्ने अवस्थामा छैनन् ।

हुन त शालिकराम आत्महत्या दुरुत्साहन मुद्धामा जस्तै दवाव दिएर निस्कन्छु भन्ने उनको रापताप पनि विस्तारै कम हुँदै छ । विना प्रमाण र सानो जालझेलले आफू भित्र आईनपुगेको बुझेका उनले वल्ल भिडेर भन्दा शान्त हुनुको विकल्प नभएको अवगत हुँदै गएको देखिन्छन् । अर्थात घाईत बाघ जस्ता देखिदै आएका उनी अहिले निस्कने भन्दा माथि सोच्न नहुनेमा पक्का भईसकेका छन् ।

यता उनलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले दिएको अनुमती कात्तिक १४ अर्थात बुधवार नै सक्किसकेको छ । तर १५ गतेबाट शुरु भएको सार्वजनिक विदाका कारण उनी हिरासतमै छन् । अर्थ कम्तीमा १९ गतेसम्म लामिछाने थुनामा बस्नुपर्ने हुनसक्छ । त्यसपछि कति समय माग गर्ने भन्नेमा प्रहरी अहिले नै निर्णयमा नपुगेपनि रुपन्देहीमा समेत उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

त्यस्तै अन्य सहकारीमा पनि उनको सँलग्नता र ठगीका थप प्रमाण प्रहरीले खोजिरहेको छ । त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रुपैयाँ बचत रकम बचतकर्तालाई फिर्ता गरिसकेको छ । ६ सय भन्दा बढि सहकारी ठगी आरोपमा पक्राउ पर्दा सरकारले रविलाई मात्र तारो बनाएको आरोप समेत कमजोर बन्दै छ । यता जीवी राईले मिडियामा पठाएको इमेल समेत सत्य भएको दाबी बलियो बन्दै गर्दा सरकारले चाहे जीवी पक्राउ गर्न सक्ने आधारहरु बाहिरिएका छन् । यसले यो प्रकरणमा नयाँ राजनीति शुरु हुँदा काँग्रेस र एमालेकै हातमा रविको चावी भएको नयाँ खुलासा हुन थालेको छ ।

मुख्य कुरा त अहिले रास्वपा एक्लिएको छ । विपक्षीले साथ नदिदा आन्दोलनमा समेत नागरिकको साथ छैन् । रविका पक्षमा वोल्दा अनुसन्धान प्रक्रिया प्रभावित पार्न खोजेको भाष्य निर्माण भएको छ । यसले आन्दोलन गर्ने कि नगर्ने भन्नेमा पार्टिभित्रै दुईधार छ । यता बाहिर आन्दोलन गर्ने भित्र म्यासेज पठाएर भेटको गुहार गर्ने देखि ओली भेटेर रवि छुटाई माग्ने रास्वपा नेताहरुको दोहारो चरित्र समेत अहिले छताछुल्ल छ ।

त्यसअघि पनि रास्वपा नेता तथा स्वयम रविकै गैरराजनीतिक र उरन्ठेलो प्रवृत्तीले रवि अझ समस्याको दलदलमा फस्ने अवस्था बन्दै आएको छ । फलत ः स्वीकार्नुको विकल्प नभएका रवि बाहिर झिलीमिलीकाबीच हिरासतमा कालो रात कटाईरहेका छन् । जसले शायद जुन औलोमा विष लाग्छ त्यहि औलो मात्र झर्ने रहेछ भन्ने वोध समेत उनले गर्ने छन् ।