नेपालीहरूको दोस्रो महान् चाड तिहार लागेसँगै ढाकाटोपीको खपत पनि बढेको छ । दिदीबहिनीले आफ्ना दाजुभाई र माइतीको शीर सदा उचो रहोस् भत्रे हेतुले भाइटीकामा टोपी उपहार दिने चलन रहेकाले यो समयमा ढाका टोपीको व्यापार बढ्ने गरेको छ ।
तिहारको भाइटीकाको दिन घाँटीमा मखमली र सयपत्रीको माला, निधारमा सप्तरङ्गी टीका र शिरमा चटक्कको ढाकाटोपीले हरेक नेपाली दाजुभाइ सजिने गर्छन् । नेपालीको शान र पहिचान ढाकाटोपीलाई तिहारमा जुनसकै जाति, समुदायले पनि अपनत्व गरेको पाइन्छ । तिहारमा प्रत्येक नेपालीको शिरमा ढाकाटोपी हुने हुँदा यसको खपत पनि यसै बेलामा धेरै हुने गरेको छ । त्यसैले तिहार नजिकिदै जाँदा ढाकाका टोपीको व्यापार पनि बढ्दै जाने व्यपारीहरूको अनुभव छ ।
पुख्र्योली पेशाको रुपमा ढाकाको व्यापर धानिरहेका गोविन्द ओझा आफूहरू वर्षमा १२ लाखसम्म ढाका टोपीको उत्पादन गर्ने र सबैभन्दा बढी खपत यही समयमा हुने बताउँछन् । ३५ वर्षदेखि ढाकाको व्यापार गर्दै आए ओझा परिवार अन्य दिनमा दुई हजार सम्म ढाका टोपीको व्यापार हुने भए पनि अहिले दिनमै पाँच हजार भन्दा बढी टोपी बिक्री हुने बताउँछन् ।
तिहार नजिकिएसँगै बजार नै ढाका टोपीले ढाकिँदा जताततै टोपी छ्यापछ्याप्ती देखिन्छन् । बाटो र चोक–चोकमा नै टोपी बेच्ने र कित्रेको भीड देख्न सकिन्छ । तिहारलाई नै लक्षित गरी अरु समय फरक ने व्यापार गर्नेहरु पनि तिहारको मौका छोपेर ढाकाटोपी बेच्छन् । यो समयमा टोपी बेचेर राम्रो आम्दानी हुने भएकाले सकिल अहमद जुत्ता चप्पलको व्यापार छाडेर केही दिन टोपी बेच्दैछन् ।
युवा विदेशिँदा पनि ढाका टोपीको व्यापार बढ्यो, उपहार र राष्ट्रियताको प्रभाव

तिहारमा भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई ढाका टोपी उपाहर दिने र लगाइदिने प्रचलन छ । तिहारमा ढाका टोपी लगाउँदा माइतीको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाईलाई उपहारको रुपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन पनि छ । त्यसैले अन्य समयमा भन्दा तिहारमा ढाका टोपीको व्यापार बढी हुने गर्छ ।
ढाकाटोपी केवल शिर ढाक्ने वस्त्र मात्र नभइ नेपालीहरुका लागि छुट्टै गौरव र चिनारी पनि हो । पछिल्लो समय युवा पुस्तामा पनि ढाका टोपीको माग बढ्दो छ । त्यसैले विभित्र चाडपर्व, विवाह ब्रतबन्ध, सभा सम्मेलनमा ढाकाको टोपी लगाउने प्रचलन बढ्दो छ । त्यसमा पनि नेपालमा ढाका टोपीका दुई ब्राण्ड पूर्वेली र पाल्पाली जनजनको मुखमा झुण्डिदा विदेशीहरूको पनि ढाकाटोपीप्रति रुची राख्न थालेका छन् । अहिले दैनिक १५ सय देखि दुई हजारसम्म युवाहरू विदेशिने गरेका छन् ।
तिनै विदेशीने युवाहरूले आफ्नो पहिचानको रुपमा ढाकाको टोपीलाई नै प्राथमिकतामा राख्ने गर्छन् । पहिले ढाकाको उत्पादन सीमित हुने गरे पनि अहिले बजार पनि ठूलो भएको र प्रतिष्पर्धा पनि बढेका कारण ढाकाको उत्पादन असीमित छ । ७० प्रतिशत भन्दा बढी नै स्वदेशी उत्पादनले माग धानिरहँदा पहिलेको तुलनामा अहिले नेपालमा नै ढाकाको उत्दापन दशौं गुणाल वृद्धिसमेत भएको छ ।
तिहारमा भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई ढाका टोपी उपाहर दिने र लगाइदिने प्रचलन छ । तिहारमा ढाका टोपी लगाउँदा माइतीको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाईलाई उपहारको रुपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन पनि छ । त्यसैले अन्य समयमा भन्दा तिहारमा ढाका टोपीको व्यापार बढी हुने गर्छ ।
ढाकाटोपी केवल शिर ढाक्ने वस्त्र मात्र नभइ नेपालीहरुका लागि छुट्टै गौरव र चिनारी पनि हो । पछिल्लो समय युवा पुस्तामा पनि ढाका टोपीको माग बढ्दो छ । त्यसैले विभित्र चाडपर्व, विवाह ब्रतबन्ध, सभा सम्मेलनमा ढाकाको टोपी लगाउने प्रचलन बढ्दो छ । त्यसमा पनि नेपालमा ढाका टोपीका दुई ब्राण्ड पूर्वेली र पाल्पाली जनजनको मुखमा झुण्डिदा विदेशीहरूको पनि ढाकाटोपीप्रति रुची राख्न थालेका छन् । अहिले दैनिक १५ सय देखि दुई हजारसम्म युवाहरू विदेशिने गरेका छन् ।
तिनै विदेशीने युवाहरूले आफ्नो पहिचानको रुपमा ढाकाको टोपीलाई नै प्राथमिकतामा राख्ने गर्छन् । पहिले ढाकाको उत्पादन सीमित हुने गरे पनि अहिले बजार पनि ठूलो भएको र प्रतिष्पर्धा पनि बढेका कारण ढाकाको उत्पादन असीमित छ । ७० प्रतिशत भन्दा बढी नै स्वदेशी उत्पादनले माग धानिरहँदा पहिलेको तुलनामा अहिले नेपालमा नै ढाकाको उत्दापन दशौं गुणाले वृद्धिसमेत भएको छ ।
प्रतिक्रिया