Breaking

वीरगन्ज कारागारमा शौचालय, खानेपानी र बिजुलीको अवस्था नाजुक


काठमाडौँ— वीरगन्जस्थित कारागारको अवस्था निकै दयनीय रहेको पाइएको छ । विशेष गरेर शौचालय, खानेपानी र बिजुलीको अवस्था नाजुक रहेको पाइएको हो ।

अनुगमनका लागि आज खानेपानीमन्त्री प्रदीप यादव कारगार पुगेका थिए । अनुगमनका क्रममा कारागारमा खानेपानीको अभाव भएको पाइयो । शौचालय पनि एउटामात्र थियो । भान्सामा समेत छाना थिएन ।

मन्त्री यादवलाई कैदीबन्दीहरूले गुनासा सुनाएका थिए । उनीहरूले शौचालय अभावकै कारण धेरै कैदीबन्दीको पाइन्टमा नै पिसाब फेर्नुपर्ने अवस्था रहेको बताएका थिए ।

ूएउटा यहाँ शौचालयको समस्या आयो । शौचालय भत्केको अवस्था छ । लाइन लागेर बस्नुपर्ने भएकाले धेरै कैदीबन्दीको पाइन्टमा नै पिसाब गर्नुपर्ने अवस्था देखियो,ू अनुगमनपछि मन्त्री यादवले भने । खानेपानी र बिजुलीको समस्या पनि उस्तै छ । कारागारमा केही समय अगाडि लथालिंग वायरिङका कारण करेन्ट लागेर एकजना कैदीको ज्यान गएको मन्त्री यादवले बताए ।

ूकैदीबन्दीको किचनको पनि समस्या छ । छाना नभएको अवस्था हो । यी अवस्थाहरू उहाँहरूले बताउनुभयो उनले भने ।

मन्त्री यादवले आफूले तत्काल समस्या समाधानका लागि काम गर्न स्थानीय निकायलाई आग्रह गरेको बताए ।अब तत्काल शौचालय बनाउने काम, बोरिङ बनाउने काम, बिजुलीको वायरिङ गर्ने काम, छाना फेर्ने काम मैले तत्काल पहल गरेर सुरु गर्छौं भनेको छु । स्थानीय तहसँग पनि कुरा गरेर यो काम अघि बढाउँछु उनले भने ।