काठमाडौँ— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका छन् । कांग्रेस भक्तपुरले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वभाविक भएको भन्दै सरकारको सय दिनमा निकै राम्रो काम भएको उल्लेख गरे ।
सरकारका विषयमा भएका आलोचनालाई मध्यनजर गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न प्रधानमन्त्रीलाई आफूले सुझाव दिने उनले बताए ।
एमालेसँगको गठबन्धनमा देशभरका कांग्रेस नेता तथा कार्यकर्ताहरू खुसी रहेको धारणा राखे । अहिलेको सरकारलाई पूरा समयसम्म सफल पार्नका लागि आफूले पहल गर्ने उनको भनाइ छ ।
देउवाले कुनै पनि क्षेत्र समस्याविहीन हुन नसक्ने भन्दै पार्टीभित्र देखिएका समस्याहरू समाधान गर्न लाग्नुपर्ने जिकिर गरे ।
प्रतिक्रिया