Breaking

बलिउड सिंघमसँग भिड्दै पूर्णबहादुरको सारङ्गी, १२ गाउँ र छक्का पञ्जाको दबदबा कायमै


काठमाडौँ – हरेक चाडपर्व नेपाली कलाकर्मीहरुका लागि चलचित्र प्रदर्शन गर्ने महत्वपूर्ण अवसर हो । यो दशै नेपाली चलचित्र क्षेत्रका लागि सुखद् रह्यो । यस सायमा प्रदर्शनमा आएका चलचित्रले उत्साहजनक साथ पाए । दशैंमा प्रर्दशनमा आएको चलचित्र हलबाट नउत्रिँदै तिहारको अवसरमा नयाँ नेपाली र विदेशी चलचित्र प्रर्दशनमा छन् । तिहारको मौका छोपेर प्रर्दशनमा ल्याइएको पूर्ण बहादुरको सारङगी कि भारतीय चलचित्र सिंघम रिर्टनसको चर्चा चुलिएको छ ।

दशैको मौका छोपेर असोज २४ गते फूलपातीदेखि प्रर्दशनमा आएको विराज भट्ट र समिर भट्ट अभिनित को ‘१२ गाउँ’ र दिपक–दीपाको ‘छक्का पञ्जा ५ सुपरहिट लिष्टमा अटाइसकेको छ । यी दुवै चलचित्र प्रर्दशनमा आएको चौथो हप्तासम्म पनि ठूला मल्टिप्लेक्स चेन एफक्यूब, क्युएफएक्स, आईएनआई लगायतका सिनेमा घरहरुमा प्रदर्शन भइरहेकै छन् ।

शो संख्या एक÷दुई वटा मात्र छ तर हाउसफुल व्यापार भइरहेको छ । दशैंमा बम्पर व्यापार गरेका यी दुवै चलचित्रले बडो सहज ढंगले तिहार पनि धान्ने निश्चित छ । ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ हलबाट नउत्रिँदै तिहारको मौका छोपेर बिहिबार लक्ष्मीपुजाको दिनदेखि नेपाली चलचित्र पूर्ण बहादुरको सारंगी देशभरका सिनेमा हलहरुमा प्रर्दशन भईरहेको छ ।

चलचित्रमा उम्दा कलाकारको छवि बनाएका विजय बरालको मुख्य भूमिका रहेको छ । एकदशक लामो कलाकारिता करिअरमा नाटक विधामा बढी सक्रिलय र लोकप्रिय बरालले यसपटक मूख्य पात्रको भूमिका खेलेका छन् । तर, पूर्णबहादुरको सारंगीमा उनको भूमिका धेरैले रुचाएका छन् । ट्रेलर र गीतबाटै चर्चासँगै दर्शकको मन जितेको यो चलचित्रले सुखद् सुरुवात गरेको छ । अधिकांश हलहरुमा हाउसफुल व्यापार गरिरहेको छ ।

सरोज पौडेलको निर्देशनमा तयार भएको फिल्ममा अञ्जना बराइली, मुकुन भुषाल, बुद्धि तामाङ, देशभक्त खनाल लगायतको पनि अभिनय छ । चलचित्रमा पूर्ण बहादुको छोराका भूमिकामा गायक समेत रहेका प्रकाश सपूतलाई समेत देख्न सकिन्छ । चलचित्रमा देखिएका सपुत सिनेमाको ट्रेलर रिलिज लगायत कुनै पनि कार्यक्रममा अनुपस्थित हुँदा पनि यो चलचित्र चर्चामा छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंसहित आफ्नो दशवटा आउटलेटमा फिल्मलाई ३८ शो दिएको छ ।

दोस्रो ठूलो मल्टीप्लेक्स आईएनआईले फिल्मलाई तीनवटा आउटलेटमा ९ शो दिएको छ भने काठमाडौंका वान सिनेमाजले दुईवटा आउटलेटमा ६ शो, एफक्यूब, बिएसआर मुभिज र बिग मुभिजले समान ३÷३ शो, रञ्जना सिनेप्लेक्स र सिडिसी सिनेमाजले समान ५÷५ शो र कीर्तिपुर सिनेमाजले २ शो गरी देशभर १ सय २० हाराहारी शो पाएको छ । राम्रो शो संख्या पाएको पूर्ण बहादुरको सारङगीले जति सुखद् सुरुवात गरे पनि अकुपेन्सीमा बदल्नु कम्ता चुनौतीपूर्ण भने छैन ।

प्रर्दशनमा आएको सानो संसार साता दिनमै हलबाट उत्रिन थालिसकेको छ । क्यूएफएक्सले केहि शो दिए पनि चल्न सकेन । तथापी पूर्ण बहादुरको सारङगीलाई ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’को ‘थ्रेट’ कायम छ । भने यी सबै चलचित्रलाई शुक्रबारबाट प्रदर्शनमा आएको बलिउडका दुई ठूला सिक्वेल फिल्म ‘सिंघम अगेन’ लगायतसँग प्रतिस्पर्धा सुरु भएको छ । यही समयमा ‘भूल भुलैयाँ ३’को प्रदर्शन भने सेन्सरका कारण रोकिएको छ । यसले पनि पूर्णबहादुरको सारंगीलाई नै सहयोग गर्ने बुझ्न सकिन्छ ।