नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीको अदृश्य सक्रियता बढेको छ । अध्यक्ष केपी शर्मा ओलीँग असन्तुष्ट नेताहरु अहिले सोही पक्षबाट काउन्टरको रणनीतिमा देखिदा पार्टीको नेतृत्वमा प्रतिस्पर्धा गर्न भण्डारीलाई थप हौसला मिलिरहेको छ । त्यसमथि पछिल्लो समय ओलीको बढ्दो अलोकप्रियताले समेत विद्या पक्ष हौसिएको छ ।
पटक–पटकका विवादित निर्णय, अध्यक्षको घट्दो क्रेजलाई मौका बनाउँदै एमालेमा केपी शर्मा ओलीको वैकल्पिक गुट शशक्त रुपमा तयार भइरहेको छ । एकढिक्का रहेको दाबी गरिने एमालेमा पछिल्लो समय प्रदेश र जिल्ला अधिवेशनहरुमा गुटको प्रयास भएको थियो । त्यस समयमा झस्किएका ओली आफैँ गुट जिताउन लागिपरेको समेत आरोप लागेको थियो । अहिले त्यसैगरी पछिल्ला विवादलाई माध्यम बनाउँदै सो गुट निकै सक्रिय रहेको चर्चा छ ।
पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी स्वयंले सक्रिय राजनीतिमा फर्किने स्पष्ट संकेत गरिसकेपछि शीर्ष पदाधिकारीहरुकै केही समूह भण्डारी पक्षमा खुलेर ओलीका गलत निर्णयमा खबरदारी गर्दै आएको छ । भण्डारी गुटबाट मन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले सरकारविरुद्धका आवाजको डिफेन्स गर्न नसकेको भन्दै ओली असन्तुष्ट रहेका बेला गुरुङले बिहीबार मात्रै ओदीलाई हटाउन देशी विदेशी शक्ति लागेकोदेखि सरकारविरुद्ध भइरहेका विरोध चिर्न सक्रिय बन्न साइबर सेनालाई निर्देशन नै दिएका थिए । यसबाहेक यही ताल रहिरहे एमालेले ०८४ मा हावा खाने गुरुङको अभिव्यक्ति अर्थपूर्ण छ ।
यसबाहेक पार्टीमा पनि ओलीको आलोचना जारी नै छ । खासगरी व्यवसायी मीनबहादुुर गुरुङबाट जग्गादान लिएपछि धेरै नेताहरुले आलोचना गरेपछि ओलीलै स्पष्टीकरण सोधेका थिए । यो कदम विद्या पक्षलाई मन परेको थिएन । उनको पक्षकै गोकुल बाँस्कोटा लगायतले सामाजिक सञ्जालमै विरोध गरेका थिए । अहिले सर्वोच्च अदालतले नै स्पष्टीकरण सोधेपछि उनीहरुमाथिको कारबाही रोकिएको अर्थमा बुझिए पनि डा. भीम रावलले भने स्पष्टीकरण बुझाउनुको साटो तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने कार्यको विरोध गर्न भनेका थिए । अहिले ओलीबाट भित्तामा पु¥याइएका रावलको पनि पार्टीमा सक्रिय बन्ने अर्को बाटो नै विद्या गुट रहेको कतिपय बताउँछन् ।
ओलीको अलोकप्रियताको ग्राफ बढेकै समय चुनाव अगाबै २०८३ सालमा एमालेले महाधिवेशन गर्नुुपर्नेछ । यसमा भण्डारीले असोज ५ गते मात्रै दिएको अभिव्यक्ति पनि अर्थपूर्ण छ । जहाँ भण्डारीले ०८४ को चुनावपछि एमालेबाटै प्रधानमन्त्री र राष्ट्रपति बन्ुपर्नेगरी तयारी थाल्नुपर्ने बताएकी थिइन् । अर्थात ०८३ सालमै महाधिवेशन गर्न लगाएर ओलीको विकल्पमा विद्यालाई अध्यक्षको उम्मेदवार बनाउने र नतिजा निकाल्न आन्तरिक तयारी भइरहेको बुझिन्छ । अहिने नै सबै कुरा बाहिर नदेखिए पनि धेरै गतिविधिहरुले त्यसको पूर्वसंकेत गरिरहेका छन् ।
अहिले एमालेमा असन्तुष्ट रहेकाहरु सबै विद्यालाई घच्घच्याउन जाने गरेकाले समेत उनको पक्षमा माहोल बढिरहेको देखाउँछ । यति एमाले यो मोडमा पुगिहाले मदन अहिले सिंगो एमालेले बोकिरहेको जबजको मुद्दा भण्डारीले बोक्नेछिन् । मदन भण्डारीको पारिवारिक विराति पनि उनेसँग जोडिएको छ । यसबाहेक भण्डारी नै नेतृत्वमा आए कम्युुनिस्ट आन्दोलन एकीकृत हने अरु वामपन्थी दलहरुको पनि आशा र पार्टीको नेतृत्व महिलाले गर्न खोज्नु आफैँमा सहानुभूति बटुल्ने कदम हुनसक्ने भएका विद्यालाई थप बल पुुग्नेछ ।
तर, देशको अभिभावकीय भूमिकामा रहेर पार्टीगत राजनीतिमा फर्किनुु र राष्ट्रपति भएका समय भएका विवाद र मदन भण्डारीको रहस्यमयी हत्याको अनुसन्धानमा कदम नउठाएको लगायत बिषयले वातावरण प्रतिकूल बन्नसक्ने देखिन्छ । अहिले वातावरण आफ्ने पक्षमा रहेकोमा विस्वस्त रहेको सो पक्ष दशक लामो ओलीको कार्यशालीबाट आजीत भएका नेताको बलियो गुट बनाउने मिसनमा सक्रिय छ ।
याथास्थितिमा विद्याले नेतृत्वमा फर्किने इच्चा राखे पनि एमाले सरकारमा आउनु अघि विद्या आगामी एक कार्यकाल ओलीको उत्तराधिकारीका लागि संघर्ष गर्नसक्ने बझिएको छ । तर, पछिल्लो समय ओलीकै खस्कदो लोकप्रियता, पार्टीमै अविश्वासको खाडल र ओलीका एकतर्फी निर्णयमा विरोध जनाएर ओलीले पाइरहेको गुटगत हैरानीको ट्रायललाई पनि विद्याको सक्रियताको छनकका रुपमा हेरिएको छ ।
प्रतिक्रिया