केपी शर्मा ओली नेतृत्वको सरकारमा ओझेलमा परेको मन्त्री हुन् स्वाथ्य तथा जनसँख्यामन्त्री प्रदीप पौडेल । पहिलोचोटि मन्त्री भएका कारण खासै चमक धमक र विज्ञापन गर्न नजानेका उनी काममा भने अघि छन् । लोकप्रियताका लागि भन्दा नितिगत सुधारमै काम गर्न लागि परेका उनी अघि सारेका कार्यक्रम थोरैमात्र कार्यान्वय भए उनी नागरिकले सदा सम्झिने ईतिहास बनाउने बाटोमा देखिन्छन् ।
विज्ञापन र चमकधमक नजानेका कारण ओझेलमा देखेको स्वास्थ्यमन्त्री प्रदीप पौडेल काममा भने अघि छन् । आशाकाबीच पहिलो चोटिमन्त्री बनेका उनी लोकप्रियता भन्दा नितिगत सुधारको पक्षमा देखिन्छन् । फलत ः नागरिकले तत्काल देखिने के काम नगरकोे भन्दै उनीमाथि प्रश्न उठाउने प्रसस्त ठाँउ रहेपनि नितिगत रुपमा उनले थालेको काम भने प्रशंशायोग्य नै छन् । पहिलो निर्णय नै क्यासर रोग निवारण रणनीति बनाउने गरेर कार्यभार सम्हालेका उनले गरेका काम दर्जन भन्दा बढि छन् ।
१.खेलाडीलाई निशुल्क परिक्षण
साफ महिला च्याम्पेनशीपमा नेपालको हारबारे विभिन्न कोणबाट विश्लेष जारी रहँदा स्वास्थ्यमन्त्री पौडेलले खेलाडीको निशुल्क परिक्षणको व्यवस्था गरे । उनको पहलमा सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीको हरेक वर्ष मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण गर्ने छ । मन्त्री पौडेलले खेलाडीको स्वास्थ्य परीक्षणसम्बन्धी कार्यक्रमका लागि अर्को वर्ष थप स्रोत सुनिश्चित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । त्यसपछि साफ महिला फुटवलको फाईनल अघि वन्द प्रशिक्षण मै खेलाडी भेट्न पुगेका उनले उच्च मनोवलका साथ खेल्न भन्दै स्वास्थको पाटोमा मन्त्रालयले कुनै कसर बाँकि नराख्ने आश्वासन दिएका थिए ।
२.स्वास्थ्य बीमा पाँच लाख
मन्त्री पौडेलले स्वास्थ्य बीमाको दायरालाई बढाएर कम्तीमा पाँच लाख पु¥याउने घोषणा गरिसकेका छन् । अहिले लाखसम्म पाउने अवस्था नै अस्तव्यस्त भएको यर्थाथताकाबीच यो योजना महत्वाकाक्षी देखिपनि स्वास्थ्य बीमामा आवद्धता बढाउन औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य गर्ने तयारीमा उनी छन् ।
३.क्यान्सर उपचार विस्तार र वालविकाको क्यान्सर उपचार निशुल्क
यो उनले गरेको महत्वपूर्ण निर्णयमध्ये एक हो । अब १४ बर्षमुनिका वालवालिकाले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनबाट यस्तो सेवा निःशुल्क पाउने छन् । क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गराउन सफल उनकै कारण देशका सातवटै प्रदेशमा क्यान्सर उपचारसम्बन्धी सेवाको पहुँच विस्तार भएको छ । त्यस्त वालवालिकाका हितकै लागि जन्मसाथ चारओटा परिक्षण अनिवार्य समेत गराएका उनको यो निर्णयले नेपालमा नवजात शिशुमा अपांगतासम्बन्धी समस्या कम गर्न यो निर्णय महत्त्वपूर्ण हुने आशा गरिएको छ ।
४.जलन उपचार निशुल्क
मन्त्री पौडेले सबैभन्दा महत्वपूर्ण निर्णय त जलन उपचारका सम्बन्धमा गरेका छन् । हालसम्म पैसा भएर पनि उपचार हुननसक्ने अवस्था रहँदा उनले यसको उपचार नै निशुल्क गराएका छन् । जसले सांसद डा.चन्द्र भण्डारी देखि अभियन्ता उज्जलविक्रम थापाजस्ता व्यक्तिहरुको बर्षौको मेहनतले सार्थकता पाएको छ भने बीर अस्पतालमा त यो सेवा शुरु नै भईसकेको छ । हालसम्म नौ प्रकारका विरामीलाई सरकारले आर्थिक सहयोग गर्दै आएकोमा जलन उपचार समेत त्यसमा थपेर मन्त्री पौडेलले उपचार अभावमा मर्नुपर्न अवस्था अन्त्यको प्रयास थालेका हुन् ।
५.सरकारी अस्पतालमा विद्युत निशुल्कको प्रयास
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने भएको छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् महसुल सङ्कलन विनियमावली २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत् महसुल छुटको व्यवस्थाअनुसार उनले उक्त निर्णय गरेका हुन् ।
यी बाहेक महिला स्वास्थस्वयम सेविकालाई यातायात शुल्क नलिने व्यवस्था गरेका मन्त्री पौडेलले अहिले वीर जस्ता अस्पतालमा भीड कम गर्ने बाटोमा छन् । त्यसका लागि जिल्ला र प्रदेश स्तरमै गुणस्तरिय स्वास्थ्य सेवामा काम गर्नुपर्ने निष्कर्षमा उनी पुग्दा स्वास्थ उपकरणको मर्मतको काम समेत राष्ट्रिय आविष्कार केन्द्रलाई दिएका छन् । यसले उपकरण अभावमा उपचार प्रभावित हुने तथा मर्मतका नाममा विदेशीन रकम कम हुने आशा गरिएको छ । यद्यपि यी मध्ये धेरैमा स्रोत व्यवस्थापन र सहि कार्यान्वय चुनौती । जहाँ काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र शाहले त सार्वजनिक रुपमै सरकारमाथि प्रश्न उठाएर सिहँदवार वैद्यखाना चलाउन दिन आग्रह नै गरेका छन् ।
स्वास्थ्यमन्त्रीले गरेका केहि काममात्र तत्काल देखिदाँ नितिगत रुपमा उनले थालेका यी काम पुरा भए स्वास्थ क्षेत्रमा व्यापक परिवर्तन आउनेमा शंका छैन् । जहाँ आयुर्वेद जस्ता विषयलाई पनि अघि बढाउने र सहकार्य गर्न चाहने संस्थासँग मिलेर जान सकिने रणनिति नै उनले लिएका छन् । यसले काठमाडौँ महानगरले देखाएको चासो देखि स्वाथ्यमा सरकारसँग सहकार्य गर्न खोज्ने धेरैलाई सहजता प्रदान गर्ने छ ।
यद्यपि मन्त्री पौडेलले थालेको कामलाई आगामी सरकाहरुले कसरी अपनत्व लिन्छन् भन्ने विषयले समेत प्रभाव पार्ने छ । त्यस्तै यी सपना पुरा गर्ने उनको मात्र ठेक्का भएको जसरी प्रस्तुत नभई हामी सबैको लाभका रुपमा नागरिकले समेत बुझे पौडेलले देखेको सपना मात्रै पुरा हुने छैन उपचार नपाएर मर्नुपर्ने र स्वास्थ्यमा व्यापार हुने दुबै अवस्थाको अन्त्य गर्नमा भूमिका खेल्ने पक्का छ ।
प्रतिक्रिया