अन्य समयमा भन्दा चाडवाडमा बजारको माहोल तात्ने हुँदा महङ्गी पनि बढ्ने गरेको छ । चाहे त्यो सरकारले बढाएको भन्सार दरले होस् वा व्यापारीको मनोमानीले । जुन अहिले भाइमसलामा भएको अचाक्ली मूल्यबृद्धिलाई हेरे पुग्छ । यद्यपि, परम्परा धात्रकै लागि भए पनि सर्वसाधारण महँगोमै किन्न बाध्य छन् ।
नेपालीहरूको दोस्रो ठूलो महान् चाड तिहार लागेसँगै काठमाडौंको असन बजारमा किनमेल गर्नेहरूको भीड थामिनसक्नु छ । भिड यति बाक्लिएको छ कि बजारमा खुट्टा टेक्नै मुस्किल छ भने, व्यापारीलाई सामान बेच्नमा भ्याई नभ्याई हुँदा बोल्न पनि फुर्सद छैन । सङ्घीय राजधानी काठमाडौंका व्यापारिक क्षेत्र असन, इन्द्रचोक, भोटाहिटी, लगायत क्षेत्रमा तिहारका लागि चाहिने आवश्यक सरसामान खरिद गर्न सर्वसाधारणको लस्कर छ ।
तिहारका लागि अनिवार्य चाहिने भाइमसलाको मूल्य यस वर्ष छोइ नसक्नु छ । तिहारमै चाहिले अरु सामानको मूल्य दोब्बरसम्म महँगिएको पुस्तौनी असनमा मसलाको व्यापार गर्दै आएका व्यापारीहरू बताउँछन् । गत महिना गएको बाढी र पहिरो कारण यस वर्ष झण्डै ३० प्रतिशतले मुल्य बढेको छ ।
बजारमा यस वर्ष प्रतिकिलो काजु २ हजार २००, बदाम एक हजार ७००, किसमिस ६००, कालोदाख एक हजार, ओखर ५५० रुपैयाँ खरिद मूल्य राखिएको छ । त्यसैगरी ओखरगुदी प्रतिकिलो एक हजार ५००, अनजिर २ हजार, २००, खुरपानी १०००, नरिवल ५५०, दाना मिश्री १८०, धागो मिश्री २००, मखना २ हजार, दालचिनी आठ सयमा खरिदबिक्री भइरहेको छ । तर, जति नै मुल्यवृद्धि भए पनि भाई मसला कित्र खरिदकर्ताहरू बजार धाउन छोडेका छैनन् ।
मसला खरिदका लागि पुगेका ग्राहकहरूले पनि गत वर्ष भन्दा यस वर्ष भाई मसलाको मूल्य अचाक्ली बढेको गुनासो गरेका छन् । तर, परम्परादेखि चलिआएको चलन मात्रकै लागि एक किलो किन्न गएका ग्राहक एक पाउ मात्रै भएर पनि खरिद गर्न बाध्य छन् । यस्तै बाध्यतामा ललितपुर सातदाबाटोका प्रेमबहादुर पाण्डे र अरु उपभोक्ताको छ ।
सबै थोक एकै ठाउँमा पाउने र अन्तभन्दा केही सस्तो गुणस्तर पनि हुने विश्वस सहित उपभोक्ताहरू असन पुग्ने गरेका छन् । अनिवार्य कित्रै पर्ने बाध्यता भएका कारण भाईमसलाको सबैभन्दा बढी खपत तिहारमा नै हुन्छ । नेपालमा भाइमसलाजन्य भारत, चीन, भियतनाम, अमेरिका, इन्डोनेसिया, थाइल्यान्डलगायतका देशबाट आयात हुने गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको तीन महिनामा १ अर्ब २० करोड ८१ लाख रुपैयाँ बराबरको भाईमसला आयात भएको छ ।
प्रतिक्रिया