काठमाडौं महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ ।
महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको हो ।
महानगरले कात्तिक १४ गतेदेखि प्लास्टिकको माला, विदेशी फूलको प्रयोग र भण्डारणको अवस्थाबारे अनुगमन गरिरहेको छ ।
महानगरले व्यापारीलाई सहजताका लागि ४६ स्थानमा निःशुल्क स्वदेशी फूल बिक्री स्थान तय गरेको छ ।
प्रतिक्रिया