काठमाडौं । नेपालीहरुको दास्रो ठुलो पर्व तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) १ हजार ६सय २मेगावाट रहेको थियो । बिहीबार साँझ ६ः२५ बजे उक्त पिक डिमाण्ड रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत पिक डिमाण्ड एक हजार चार सय ३८ मेगावाट थियो। गत वर्षको भन्दा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड एक सय ६४ मेगावाट बढी हो।
तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो।
देशभित्रको विद्युत मागलाई पूरा गरी अतिरिक्त भएको दुई सय ५३ मेगावाट विद्युत पिक समयमा भारततर्फ निर्यात गरिएको छ।
गत वर्ष लक्ष्मीपूजा पिक समयमा पाँच सय १७ मेगावाट मात्र निर्यात गरिएको थियो।
यस वर्ष बाढी–पहिरोले क्षतिपुग्दा चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी, काबेली करिडोर प्रसारण लाइनमा जोडिएको करिब दुई सय मेगावाट र अन्य केही साना जलविद्युत आयोजनाको विद्युत् उत्पादन बन्द छ ।
प्रतिक्रिया