हैसियत भएका दलको सहकार्यमा सत्ता चलाईरहेका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय सरकारको आयुबारे प्रस्ट पार्नमै व्यस्त देखिन्छन् । विपक्षीले गलहत्याएर ननिकाल्ने भन्दै दिदै आएको प्रष्टिकरण र काँग्रेसको दह्रो साथकैबीच उनको यो प्रष्टिकरण किन भन्ने प्रश्न अहिले पेचिलो बनेको हो ।
गत कात्तिक ७ गते सरकारको सय दिने अवधीको उपलब्धी सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको भविष्यबारे उठेका प्रश्नको उत्तर दिए । काम गर्न नदिने उद्देश्यले सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह फैलाउने गरिएको टिप्पणी गरेका उनले त्यो दिवासपना नदेख्न चेतावनी नै दिएका थिए । त्यसको आधार उनले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरुको सरकार हुनुलाई माने ।
त्यसअघि कात्तिक ३ गते काँग्रेसका नेता डा.शेखर कोईरालाले यस्तै प्रष्टिकरण दिएका थिए । सरकार सात बुँदे अनुसार नचलेको भन्दै उनले पोख्दै आएको अन्तुष्टिलाई काँग्रेसभित्रको गुटगत राजनीति र त्यसले सरकारको भविष्यमाथि प्रश्न उठ्दै आएको थियो । फलत ः प्रष्टिकरण दिदै कोईरालाले आगामी निर्वाचनसम्म यो सरकार रहने दाबी पनि गरे । यता कात्तिक ९ मा कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वयमल ओली नेतृत्वको सरकारको कार्यशैलीप्रति कांग्रेस असन्तुष्ट नभएको प्रतिक्रिया दिए ।
दुई वर्षसम्म प्रधानमन्त्री ओलीले चलाउने र त्यसपछि डेढ वर्ष आफूले नेतृत्व लिने सहमति भएको स्मरण गर्दै सभापति देउवाले सरकार पुरै अवधि चल्ने उनको पनि दाबी थियो । यो बाहेक कात्तिक १० गते विपक्षी दलका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा सत्ताका खेलाडी पुष्पकमल दाहाल प्रचण्डले पनि आफूहरु सत्तामा नरहेको बताए ।खवरदारी सभा गर्दै सरकारमाथि प्रश्न तथा ओलीमाथि आरोपको वर्षा गरेका उनले माओवादीको खवरदारी सभा सरकार परिवर्तनका लागि नभएको बताए । यतिमात्र नभएर उनले काँग्रेस एमाले मिलेर सत्ता चलाउन शुभकामना नै दिन भ्याए ।
यी कात्तिक लागेपछिसरकारको आयूबारे शिर्षस्थ नेताहरुले दिएका अभिव्यक्ति हुन् । जहाँ सत्तारुढ दलहरुको हैसियतका कारण वर्तमान सरकार ढल्ने आधार देखिदैन् । त्यसमा काँग्रेसका दुवै गुटले दिएको आश्वासले सरकार कमफरटेवल हुनुपर्ने अवस्था देखिदाँ विपक्षी दलले समेत मैदान खालि गर्दिएको छ । तर केपी शर्मा ओली प्रत्येकजसो सार्वजनिक अभिव्यक्तिमा सरकार बलियो रहेको स्पष्टिकरण दिदै आएका छन् । जसलाई कतिपयले वनको बाघले भन्दा ओलीलाई मनको बाघले खाएको संज्ञा दिदाँ यसले राजनीतिक दलहरुमा देखिएको अविश्वास प्रष्ट पारेको उनीहरु बताउँछन् । जसमाथि काँग्रेस महामन्त्री गगन थापाले समेत प्रश्न उठाएका छन् । राजनीति गर्नेहरूले कहिलेकाहीँ दबाब र प्रभावमा निर्णय गर्ने गरेको बताएका उनी यहि कारण दल र नेताहरुले अर्को चुनावसम्म पनि सोच्न नसकिरहेको दावी गर्छन् ।
यता राजनीतिक विश्लेषकहरु यसलाई सत्ता नै प्रमुख मान्ने राजनीतिक प्रवृत्तीको उपज मान्छन् । ठूला दलको सरकारको भविष्यमाथि समेत प्रश्न उठ्नुले उनीहरु प्रति नागरिकले गर्ने विश्वासको अवस्था प्रष्ट पारेको तर्क गर्ने उनीहरु भूराजनीति देखि आफ्नो मात्रै स्वार्थ हेर्ने नेतृत्वको वानीले समेत सरकारको आयुमा आशका जन्मिएको बताउँछन् । अहिले ठूला दलको सरकार भएपनि यसको औचित्य पुष्टि गर्ने आधार नभएको राजनीतिक समाजशास्त्री डा.उद्धव प्याकुरेल बताउँछन् । लोकतान्त्रिक अभ्यासलाई ट्रयाकमै ल्याउन भए किन संसदको दोश्रो ठूलो दलको सरकार बन्यो उनको प्रश्न छ । अर्कातर्फ ओली देउवाको निर्णयले बनेको गठबन्धनको अरु नेताहरुले अपनत्व लिन नसकिरहेको बताउँने उनी संख्या देखाएर मात्र ढुक्क हुने अवस्था नरहेको बताउँछन् ।
हुन त ओलीलाई भारतले भ्रमणको निम्तो नदिनुमै भूराजनीकि दृष्टिमा सरकारको हैसियत प्रष्ट भईसकेको बताउनेहरु पनि छन् । त्यस्तै मन्त्रीहरुले समेत काम देखाउन नसकेको,संविधान संसोधन जस्तो मुख्य एजेण्डा अघि नबढ्नु र लोकप्रियतामा अघि रहेकाहरुलाई छानीछानी प्रहार गर्ने कामले समेत सरकार बद्नाम हूँदै गएको छ । यसले नयाँ विकल्प तयार नहोला भन्ने सक्ने अवस्था नरहँदा अहिलेसम्म काँग्रेसका माग पुरा भएरमात्रै सरकार टिकिरहेको विश्लेषण समेत छ । जसले अकगणितका दृष्टिमा बलियो भएपनि राजनीतिक रुपमा सरकार कन्फरटेवल नरहेको प्रष्ट छ । जसको बाछिटा ओलीको अभिव्यक्तिमा देखिदाँ यो सरकारले केहि गर्नुैपर्ने बाध्यताले भने बाधिरहेको छ । जुन ग्लु पनि त्यति बलियो भने देखिदैन । फलत ः प्रधानमन्त्री ओलीको डर र चिन्ता अस्वभाविक समेत छैन ।
प्रतिक्रिया