आज यमपञ्चक अर्थात तिहारको दोस्रो दिन ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मी पूजा पर्व मनाइएको छ । यो वर्ष तिथि घट–बढ भएका कारण आज एकै दिन नरक चतुर्दशी अर्थात् कुकुर तिहार र लगत्तै लक्ष्मीपूजा पनि गरिएको छ ।
सफा सुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यतासहितबिहीबार लक्ष्मीपूजा गरिएको छ । बिहानैदेखि घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावलीसहित लक्ष्मीभित्र्याउने प्रचलन नेपाली समाजमा रही आएको छ । साँझआगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजागर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइलाबनाई लक्ष्मीलाई आह्वान गर्ने गरिन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामादीपप्रज्ज्वलन गरीघरका झ्याल ढोका झिलीमिली बनाई दीपमालिकासमेत गरिन्छ । त्यसै अनुरुप घरको झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङ सबै स्थानमा सरसफाई गरी औंसीको कालो रातलाई दीपावलीसहित उज्यालोमा परिणत गरि ऐश्वर्य, श्रीका आराध्यदेवीको स्तुति गर्दैलक्ष्मी भित्र्याइएको छ ।
दियो बालेपछि घरमा सुख, शान्ति र समृद्धि छाउने जनविश्वास छ । सामान्यत दिउँसो गाईको पुजा र बेलुकालक्ष्मीपुजा गर्ने परम्परा रहे पनि यस वर्ष तिथि–मिति घटबढका कारण कुकुर तिहारकै दिन देवीलक्ष्मीको पनि पूजा गरिएको हो । चतुर्दशी तिथि अपरान्ह ३बजेर १४ मिनेटसम्म भएको र त्यस उप्रान्त औंसी लाग्ने हुँदा दुवै एकै दिन परेको हो । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ ।यो अन्धकार रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर–घरमा बत्ती बाली धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक माता लक्ष्मीको आह्वान गर्नाले आफूमा अन्तर्निहीत चेतनाशक्तिको प्रकाशले कुनै पनि किसिमको अन्धकारलाई हटाउनु पर्ने सन्देश दिएको छ ।
त्रेतायुगमाभगवान् श्रीराम, लक्ष्मण र सीताचौध वर्ष वनबास पूरा गरेर घर फर्किदाकात्तिकमहिनाको कृष्ण पक्षको औंसी थियो । यो अँध्यारो रातमा घर फर्किएकाश्रीराम, लक्ष्मण र सीताको स्वागतार्थ अयोध्यावासीले प्रत्येक पाइलामा पंक्तिबद्ध रुपमादियो जलाएकाथिए । त्यही बेलादेखि दियो बाल्ने प्रचलन सुरु भएको पौराणणिक कथन छ । अर्कोतर्फ यसरी दियो बालेर घरलाई उज्यालो बनाइरहँदा मातालक्ष्मी प्रसन्न हुने,घरमा सुख, शान्ति र समृद्धि भित्रिने जानकारहरु बताउँछन् ।
अँध्यारोमालक्ष्मीको बास नहुने मान्यताअनुसार घर–घरमादीपावलीगर्ने चलन पुरानै हो । सुख रात्री पनि भनिने लक्ष्मीपूजाकादिन घरमालक्ष्मीको बास भएवर्षभरि आर्थिक संकट नपर्ने जनविश्वास रहिआएको छ । लक्ष्मीपूजा सकेपछि घर–घरमाहर्षोल्लासपूर्वक देउसी–भैलो खेल्ने परम्परा छ ।
प्रतिक्रिया