Breaking

समर्थकका कारण एक घण्टाभन्दा बढी रोकिएको खेलबारे भारतले साफमा उजुरी गर्ने


काठमाडौँ— साफ महिला च्याम्पियन अन्तर्गत नेपाल र भारतबीचको खेलमा समर्थकले देखाएको व्यवहारप्रति अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)ले उजुरी गर्ने भएको छ ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएअनुसार समर्थकको कारण खेल करिब ७० मिनेट रोकिएको विषयमा एआईएफएफले साफमा उजुरी गर्ने भएको हो ।

“एआईएफएले काठमाडौं, नेपालमा २०२४ अक्टोबर २७, आइतबार भएको साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सेमीफाइनलको दौरानका भएको घटनामा ध्यान दिएको छ । एआईएफएफले घटनाहरूको बारेमा साफलाई पत्र लेख्नेछ र उपयुक्त मञ्चमा यस विषयलाई उठाउनेछ । भारतको यू–१९ महिला टोलीले हालैको साफ प्रतियोगितामा (गत फेब्रुअरीमा बंगलादेशमा) लगभग समान स्थिति भोगेको थियो, र एआईएफएफले यस प्रकारका घटनाहरू क्षेत्रको फुटबलको विकासका लागि राम्रो नभएको महसुस गरेको छ,” एआईएफएफले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।