Breaking

ओलीको सत्ताले रन्थनिए प्रचण्ड, गम्भीर आरोप, रविलाई फसाएको ठोकुवा (भिडियो)


काठमाडौं । विपक्षबाट बढाँउदै लगेको घेराबन्दी कमजोर भएपछि विरक्तिएको नेकपा माओवादी केन्द्रले सडक रोजेको छ । सदन नचलेको तर आन्दोलनको मौसम शुरु भईसकेको अवस्थमा यहि माहौललाई प्रयोग गर्ने रणनितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिन्छन् ।

विशेषत सरकारले दशैँ मनाओस भन्ने भाष्य विरुद्ध काँग्रेस सभापति शेरबहाुदर देउवाले नै एमाले वोकेपनि प्रचण्ड झस्किएका छन् । फलत: सडकबाटै भण्डाफोर गर्ने भन्दै काठमाडौको भृकुटि मण्डपमा देखिएका उनले शुरुमा त यो रवि लामिछाने बचाउनका लागि गरिएको सभा नभएको प्रष्टिकरण नै दिए । यद्यपि रविप्रति नरम सुनिएका उनले प्रचण्डले विगतमा रवि बचाउन ओलीले भूमिका खेलेको बताउँदै अहिले प्रतिपक्षमा पुगेपछि मात्रै पेल्ने काम गरेको उल्लेख गरे ।

यसरी प्रचण्ड र माओवादी केन्द्रलाई बदनाम गर्ने षडयन्त्रको रूपमा रविलाई बचाउन सभा गरेको भन्ने आरोप लागको भन्दै खण्डन गरेका उनले सरकार ढाल्नका लागिसडकमा नआएको समेत प्रष्ट पारे । भ्रष्ट पार्टी र तिनका नेताको सङ्गतले माओवादी बिग्रँदै गएकोले सच्चिएर अघि बढ्ने बताउँदै ढुक्कले सरकार चलाउन आग्रह गरेका उनले सरकार आफै कुहिएर ढल्ने दावी गर्न छोडेनन् ।

प्रचण्डले दलाल र बिचौलियाको घरमा मध्यरातमा बनेको सरकारले सय दिन नपुग्दै आफूलाई प्रमाणित गरेको आरोप लगाए ।विपक्षी दलले उठाएका मागलाई सरकारले गम्भीरतापूर्वक नलिए आन्दोलन गर्ने उनले चेतावनी दिए भने काण्ड मिलाउन नबनेको सरकार नसुध्रिए यो प्रतिरोध संसदमा समेत हुने उनको भनाई थियो ।

निकै आक्रमक सुनिएका र भण्डाफोरकै शैलीमा प्रस्तुत भएका उनले खबरदारी सभालाई देशव्यापी बनाउने बताएका छन् । व्यक्तिगत रुपमा उठेका प्रश्नको समेत उत्तर दिनेगरेर प्रस्तुत भएका उनले पूर्वराजा ज्ञानेन्द्र शाह भेटेको विषय समेत अफवाह मात्र भएको प्रष्टिकरण दिन भ्याए । आफू विमानस्थलमा हुँदा प्रचण्ड भएको सुनेपछि ज्ञानेन्द्र फर्किएको सुनेको बताएका उनले यसलाई बद्नाम गर्न खोजिएको रुपमा व्याख्या गरे ।

जहाँ उनले मीनबहादुर गुरुङबाट जग्गा उपहार लिएर भाटभटेनीमा आफ्नो लगानी रहेको भन्दै लाग्ने गरेको आरोप अन्त्य गरिदिएको भन्दै ओलीलाई धन्यवाद समेत दिन भ्याए ।

(बाँकी सामाग्री भिडियोसहित)