काठमाडौं । सिंहदरबारको मुकाममा बसेर कुनै बेला सत्ताको राडर चलाएका रास्वपा सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । विग्रिएको घडीले पनि दिनमा दूई पटक सहि समय दिन्छ भन्ने मान्यता स्थापित छ । तर अहिले रविको पुरापुर समय विग्रिएको छ। फलतः जिउ तन्काएर सलोट ठोक्ने प्रहरीले पनि हात समातेर लतार्न थालेकाछन् ।
रविमाथि प्रहरीले हिरासतमा चरम ज्यादती गरेको भन्दै उनीपक्षका अधिवक्ताहरुले चर्को रुपमा आवाज उठाउँदै मानवअधिकार आयोग गुहारेकाछन् ।रवि हिरासत भित्रै असुरक्षित रहेको भाष्य समेत निर्माण हुँदैछ ।
रवि पक्राउ परेपछि उनिमाथि कुन र कस्ता कानुन आकर्षित हुन्छ भन्ने चासो बढेको छ। रास्वपाका नेता कार्यकर्ता र शुभेच्छुकले सरकारले प्रतिसोध साँधेको आक्षेपका बीच न्यायलयबाट भोलिका दिनमा साचै रवि दोषि ठहर भए भने कस्तो सजाय निर्धारण हुन्छ?
रविविरुद्ध मुलतः दुईवटा कसुरमा अनुसन्धान चलिरहेको छ । उनलाई पक्राउ गरिएको पनि सहकारी ठगी र संगठित अपराधमा हो । तर विहिबारदेखि उनीमाथि सम्पत्ति शुद्धिकरणको मुद्दामा समेत अनुसन्धान अघि बढेको छ । त्यसपछि किर्तेको मुद्दामा समेत अनुसन्धान गर्ने तयारी सरकारको देखिन्छ ।
यी चार कसुरमा आरोप प्रमाणित भए रवि लामै समय जेल बस्ने लगभग पक्कापक्की जस्तै छ। अब मुख्यतः कुन कसुरको कानुनी प्रक्रिया के छ र दोषी प्रमाणित भए सजायको व्यवस्था के छ ? विस्तृतमा हेरौ ।
(बाँकी सामाग्री भिडियोसहित)
प्रतिक्रिया