काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ। शुक्रबार बसेको केन्द्रीय समितिको अनौपचारिक छलफलबाट शनिबार केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेअनुसार आज बैठक बोलाइएको रास्वपाले जनाएको छ।
शनिबार दिउँसो १ बजे चःमतिस्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बोलाइएको कार्यवहाक प्रवक्ता मनिष झाले बताए ।
बैठकमा समसामयिक राजनीतिक गतिविधि, आगामी कार्यदेश र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ। साथै आन्दोलनको कार्यक्रमको स्वरूप बारे विवरण सार्वजनिक गर्नेछ । सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामछिाने पक्राउ परेयता रास्वपाले पोखरा र काठमाडौं केन्द्रित प्रदर्शन गर्दै आइरहेको छ ।
प्रतिक्रिया