सूर्यदर्शनसहित पाँच सहकारी संस्थाको रकम हिनामिनाको मुख्य आरोपित गितेन्द्रबाबु (जीबी) राईलाई सरकारले राहदानी रद्द गरी नेपाल झिकाउने तयारी थालेको छ । पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले अनुसन्धानको क्रममा दिएको बयानमा सबै दोष जीबीकै टाउकोमा थुपार्दै इन्कारी बयान दिए पछि जीबीलाई नेपाल झिकाउन सरकार हौसिएको छ । एक रिपोर्ट
पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारीकोअर्बाैं रकम झ्वाम पारेर विदेसिएका गितेन्द्रबाबु राई उर्फ जीबी राईलाई पक्राउ गरेर सरकारले नेपाल झिकाउने अन्तिम तयारी थालेको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दा हेरिरहेको कास्की जिल्ला प्रहरीले जीबी राईको राहदानी रद्द गर्न राहदानी विभागलाई गत बैशाख ३० मा पत्राचार गरिसकेको छ ।
मुख्य प्रतिवादी जीबीलाई तत्कालै प्रहरी नियन्त्रणमा लिई अनुसन्धान नगरेसम्म मुद्दासँग सम्बद्ध सबुद,प्रमाणहरू नष्ट गर्न सक्ने वा उनी हाल बस्दै आएको देश मलेसियाबाटसमेत भागी अन्य देशहरूमा जान सक्ने भएकाले उनलाई सपुर्दगी सन्धीमार्फत यथासिघ्र नेपाल झिकाउनका लागि उनले प्रयोग गरी रहेको नेपाली राहदानी नं.११६९८७२७, राहदानी ऐन २०७६ बमोजिम रद्द गर्ने भन्दैपत्राचार गरेको थियो ।
सहकारी प्रकरणमा पछिल्लो समय पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले सबै दोष गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक जीबी राईकै टाउकोमा थुपारे पछि अनुसन्धानको सबै सुई जीबी तिर तेर्सिएको छ । जसका कारणसूर्यदर्शन लगायत पाँच सहकारीको समस्याको हलो जीबीमा अड्किएकाले अबउनलाई कुनै पनि अवस्थामा नेपाल झिकाउनु पर्ने बाध्यतामा नेपाल सरकार देखिएको छ ।
जीबीलाई नेपाल झिकाउन प्रहरी टोली मलेसिया पुगेर खाली हात फर्किएको भन्दै नेपाल प्रहरी र सरकारको चर्को आलोचना हुँदै आइरहेको छ । पूर्वप्रहरी अधिकारीहरु भनेराजनीतिक हस्तक्षेप नहुने हो भने सात दिनभित्र जीबीलाई नेपाल झिकाउन सक्ने सूचना र सामथ्र्य नेपाल प्रहरीसंग रहेको दाबी गर्छन् ।
सूर्यदर्शन सहित अन्य पाँच सहकारीबाट अवैधानिक रुपमा गोर्खा मिडियामा रकम आएको र सो रकम दुरुपयोग गरेको आरोपमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी प्रहरी हिरासतमा छन् । उनीहरु दुवैसंग सीआईबी र कास्की जिल्ला प्रहरीले बयान लिइरहेको छ । बयानका क्रममा पूर्वगृहमन्त्री लामिछानेले आफू गोर्खा मिडियाको कर्मचारी मात्र भएकालेसहकारीबाट रकम आएको विषयमा आफू जवाफदेही र जिम्मेवारी नभएको भन्दै यी सबै दोषको भारी तत्कालीन सहकारीका सञ्चालक एवं गोर्खा मिडियाका अध्यक्ष जीबी राईमाथि थोपर्दै पन्छिने गरेका छन् ।
प्रहरीले लामिछानेलाई सोधेका सबै प्रश्नको जवाफमा आफूलाई रकम आएको विषय थाहा नभएको र यी सबै विषय जीबीलाई नै सोध्नुस् भन्दै इन्कारी बयान दिएको प्रहरी स्रोतले बताएको छ ।सूर्यदर्शनसहित पाँच सहकारीको रकम अपचलनमा पक्राउ परेका सबैले आफूमाथि लागेका सबै आरोप तत्कालीन अध्यक्ष जीबीको टाउकोमा हाल्ने र आफू पन्छिने गरेका छन् ।
जीबी विदेशमा लुकेर बसेकाले सबैले उनीमाथि दोष लगाउँदै उम्किन सजिलो भए पनि समय समयमा जीबीले इमेलमार्फत सन्देश पठाउँदै जवाफ फर्काएकोसमेत देखिन्छ ।
जसलाई आधार मानेर प्रहरीले अनुसन्धान गरिरहेको छ । संसदीय विशेष छानविन समितिले पनि छानबिन तथा अनुसन्धानको क्रममा मलेसियामा रहेको जीबीसंग फोन सम्वादभएको जनाएको थियो । तर हालसम्म आधिकारिक रुपमा भने जीबीले कुनै पनि अडियो भिडियोमार्फत स्टेटमेन्ट दिएको पाइएको छैन ।जीबी हालसम्म पनि पक्राउ नपर्नुले उनको कनेक्सन देशका मुख्य नेतृत्वहरुसम्मै रहेको भन्ने आरोपमा पनि बल पुगेको देखिन्छ । जीबीलाई नेतृत्वले नै बचाएको पूर्वप्रहरी अधिकारीहरु बताउँछन् ।सरकारले चाहेको खण्डमा जीबीलाई पक्रनु कुनै ठूलो विषय नभएको उनीहरुको तर्क छ ।
जीबी राईलाई यो अवस्थामा पु¥याउने मध्येको एक ‘नेचर हब्र्स इन्टरनेसनल प्रालि’ भएको तथ्य पनि बाहिरिएको छ । सो कम्पनी चोर बाटो हुँदै दर्ता गरिदिने पात्र थिए,वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवर । कांग्रेसनिकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एसोसियसनका पूर्वअध्यक्षसमेत रहेका कुँवर २०७० सालमा तत्कालीन कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा उनी महान्यायाधिवक्ता नियुक्त भएका थिए । कुँवर २०७७ जेठ १४ गतेदेखि जीबी राई फारर हुनुअघि २०८० असारसम्म पौडेलको सल्लाहकार पदमा थिए ।
जीबी समूहले सहकारीको पैसा अपचलन गरेको सम्पूर्ण अवधि पनि यही थियो। छविलाल जोशीले आफू कुँवरकै सल्लाहमा जीबीसँग व्यवसायिक साझेदार बनेको एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिसमक्ष बयान दिएका थिए । उनै कुँवर नेपाल प्रहरीको बहालवाला आईजीपी वसन्तबहादुर कुँवरका दाजु पनि हुन् ।
यसैबीच सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले नेचर हब्र्स इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको बगालेफाँटका ४८ वर्षीय खनाललाईशुक्रबार पक्राउ गरेको हो । यसबीच राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिका सल्लाहकार बाबुराम कुँवरमाथि छानबिन गर्न सरकारलाई चुनौती दिएको छ । प्रवक्ता मनीष झाले कानुनी रुपमा अपडेट राख्ने कुँवरलाई पुरस्कृत गरिएको भन्दै कारबाहीको माग गरेका छन् ।
जीबीलाई यसअघि प्रहरीले इन्टरपोलमार्फत नेपाल झिकाउन रेड कर्नर नोटिस जारी गरिसकेको छ । गृहमन्त्री रमेश लेखकले जीबीलाई नेपाल झिकाउन सके उनको यो कार्यकालको ठूलो उपलब्धि ठहरिने छ ।रविमाथि प्रतिशोध साँधिएको आरोप सरकारमाथि रास्वपाले लगाउदै आएको छ । त्यसलाई गलत सावित गर्न पनि सरकारले जीबीलाई पक्राउ गर्नुको विकल्प देखिँदैन भने विदेशमा रहेका उनलाई नेपाल ल्याउन उत्तिकै चुनौतीसमेत देखिन्छ । यसमा सरकार सफल होला या नहोला ? निकट भविष्यले निर्धारण गर्ने नै छ ।
प्रतिक्रिया