Breaking

सत्ता ढाल्ने प्रचण्डको रणनीति विफल, रवि अस्त्रमाथि ओलीकै प्रहार


सरकारलाई दशैं मनाउनदिनेभन्दै सत्ताफिर्तीमाउत्साहितमाओवादी पुरानै हालतमापुगेको छ । विपक्षीलाई मोर्चाबन्दी गर्न नसकेको,ओली देउवामा उल्टै निकटता बढेको अवस्थाले पुष्पकमलदाहाल प्रचण्डको अस्त्र भुत्ते भएको हो ।

आफू अनुकूल समयबन्दै गएको भन्दै उत्साहितहुँदै आएका नेकपामाओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्ड फेरि असफलभएका छन् । सरकारलाई दशैँ मनाउनदिने उनको रणनीति कमजोर सावितभएको छ भने एमाले काँग्रेसबीच निकटता उल्टै बढेको छ । घटनाक्रम हेर्दा सत्ताविहीनभएर विपक्षमापुगेपछि निरीह बनेका माओवादीअध्यक्ष प्रचण्ड दशैँ अघि निकै उत्साहित देखिन्थे । लगातारको वर्षापछि उत्पन्नविपदमा सरकार असफलहुँदानयाँदाउ देखेका उनी पीडितका घरघर नै पुगेका थिए ।

वास्तवमै सरकारको अनुपस्थिति देखिएको बेलाउनको सक्रियताले माओवादीको धेरैलेप्रशंशासमेत गरे ।विपदमा को दोषीभन्दै एमाले काँग्रेसमै आरोपप्रत्यारोप रहेकोत्यो बेलाउनले देखेको सपना अस्वभाविक पनिथिएन । अर्कातर्फ भूराजनीतिपनि प्रचण्डलाई उत्साहित गर्ने किसिमकै थियो । अमेरिकामै भेटेर पनिभारतीयप्रधानमन्त्री नरेन्द्र मोदीलेप्रधानमन्त्रीओलीलाईभ्रमणकोनिम्तो नदिएपछि परराष्ट्रमन्त्रीडा.आरजु राणाले गरेको भारत–ओलीमिलनको प्रयास असफलभएकै रुपमायसलाई हेरिएको थियो । यतिमात्रनभई यही समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने हल्लाचलेको थियो ।

यही कारण असोज ६गते राति रवि रास्वपा पार्टी कार्यलयमै बास बस्दा प्रचण्ड उनको खम्बा बनेर उभिएकाथिए । जसले विपक्षी एक ठाँउमा उभिएको अवस्थाबन्दामोर्चाबन्दी प्रचण्डले चाहेकै जस्तो थियो । त्यसैबाटहौसिएकाउनले आफूलाई प्रधानमन्त्रीभन्दामाथि देख्न थाले भने प्रवक्ताअग्नि सापकोटोले त उनलाई लेलिन बराबरकै हैसियतका नेताभन्नभ्याए । उनको खुसीमा चार चाँदलाउने घटना यो मात्रै थिएन ।

त्यसअघि नै उपसभामुखइन्दिरा रानामगरलाई हटाउने चर्चामा समेत रास्वपाको साथमा प्रचण्ड देखिँदा रविउनीतर्फ नजिकिएकाथिए । जुनमिलनले सरकारको दुई तिहाइको वास्तविकता देखाइदिदाँउनीएमालेलाई गाली गर्ने र काँग्रेस फकाउने रणनीति अपनाइरहेका थिए । यसले आफ्नो उद्देश्य कार्यान्वयनउन्मुख देखेका उनले केही समयभित्रै वामपन्थीएकताको नयाँ समाचार सुन्न पाइने दाबीगर्न भ्याए । यहीबीचमा सरकारले दशैँमनाओस् न भन्ने भाष्य नै निर्माण हुँदाविपक्षी सरकारमाथिभारी परिरहेको थियो ।

तर दशैँमनाएसँगै अवस्था परिवर्तन भएको छ । रविपक्राउ गरेर ओलीले कांग्रेस फकाउँदाउनलाई बचाउन सक्ने अवस्थामा प्रचण्ड रहेनन् । झुक्याएर विपक्षीको बैठकमा बोलाइएकामहन्थ ठाकुर संसदको विशेषअधिवेशनबोलाउनतयार भएनन् भने उपेन्द्र यादवपहिलेबाटै प्रचण्डसँग रिसाएका छन् । फलतःदशैँ पछि विपक्षीको बैठक बोलाएर रविलाई पक्राउ गर्न लागिएको खबर दिनबाहेक केही गर्न नसकेका उनको विपक्षी एक बनाउने रणनीति फेल खाइसकेको छ । जुनबैठकमा सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको रास्वपाकै नेताहरुले बताउँदै आएका छन् । ।

अहिले स्वयम रास्वपाकै नेताहरुसमेत गल्दै जाँदा रविपक्राउको विषय सहजभएको बताउने अवस्थामा प्रचण्ड पुगेका छन् । बरु योबीचमाओलीले दल फुटाउने अध्यादेशमार्फत उल्टै विपक्षीमाथिप्रहारको तयारी थाले । काँग्रेसकै कारणतत्कालत्यो सम्भव नहुँदाविपक्षी रक्षात्मकअवस्थामापुगिसकेका छन् ।

यहीकारण अध्यादेशआए रोकिदिनभन्दै सानादलसहित प्रचण्ड राष्ट्रपति गुहार्नपुगे भने ओलीले सार्वजनिकअभिव्यक्तिमार्फत नै त्यस्तो कुनै तयारी नभएको प्रष्टीकरण दिए । योबीचमा सरकार ढाले आफूले पनि साथदिने भन्दै रविले देउवालाई गर्न खोजेको भेटसमेत सफलभएनभने विपक्षीको अनुमानविपरीत ओली अझै आक्रामक रुपमा प्रस्तुतभए । देउवालाई रविपक्राउको उपहार दिएर ढुक्क देखिएकाओलीले गठबन्धन सरकार ढल्छ भनेर कसैले दिवास्वप्ननदेख्न आग्रह नै गरेका छन् ।

अहिले प्रधानमन्त्रीओलीकांग्रेस नेता शेखर कोइरालालाई समेत साथैमालिने बाटोमा अग्रसर छन् । यही कारण कोइरालासमेत यो सरकार नढल्ने बताइरहेका छन् भने फरक विचार राख्नेकांग्रेस महामन्त्रीगगनथापासमेत रवि पक्राउपछि ओलीप्रति सकारात्मकबनेका छन् । यतारविको प्रस्तावमासमेत देउवाचुइक्कनगरेको विषयले सत्ता टिक्ने ओलीको आत्मविश्वास अझ बढ्दा प्रचण्डको भूराजनीतिकप्रभावको आशासमेत तत्काललाई सेलाएको छ । जसले प्रचण्ड पुनःभित्तामै पुग्दाउनीसँग सरकार ढल्ने नयाँमितितोकेर नयाँ रणनीति थाल्नुको विकल्प छैन ।