Breaking

रवि नछुटेपछि आन्दोलन झनै चर्कने, सिंहदरबार घेर्ने रास्वपाको धम्की


सहकारी ठगीआरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सभापतिलामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएसँगै रास्वपा कार्यकता आक्रोशित बनेका छन् । उनीहरुले निषेधित क्षेत्र तोड्दै प्रदर्शन गरेपछि अवस्था तनावपूर्ण बन्दा प्रहरीले अश्रुग्यास नै प्रहार गर्नु प¥यो ।

सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थप सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।सहकारी ठगी र संगठित अपराध कसुरमा लामिछाने गत शुक्रबार पक्राउ परेपछि आइतबार अदालतले ६ दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

सो समय सीमा बुधबार सकिए पछि बिहीबार म्याद थपका लागि पुनः अदालतमा उपस्थित गराइएका लामिछानेलाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अनुमति दिएको हो । रवि पक्राउको दिनदेखि पोखरामा निरन्तर रिहाइको माग गर्दै सडकमा प्रदर्शन गरिरहेका रास्वपाका नेता–कार्यकर्ता अदालतले हिरासतमा राख्न म्याद थप गरेपछि झनै आक्रोशित बनेका छन् । बिहीबार पनि प्रदर्शनमा उत्रिएका रास्वपाकार्यकर्ताहरुले निषेधित क्षेत्र नै तोडे । यसक्रममा प्रहरीसँग धकेलाधकेल हुँदा स्थिति तनावपूर्ण बन्ने भएपछि प्रहरीले अश्रुग्याससमेत प्रहार गर्नु प¥यो । रवि समर्थक र प्रहरीबीच केही समय मुठभेडकै अवस्था बनेको थियो ।

लामिछानेलाई हिरासतमुक्त गरेर मात्र पोखरा छाड्ने उद्घोष गरेका रास्वपाका नेता– कार्यकर्ता अब भने संघीय राजधानी काठमाडौं केन्द्रित आन्दोलनको तयारीमा छन् ।लामिछाने पक्राउको बिहीबार सातौँ दिनसम्म पनि निरन्तर सडकमा शक्ति प्रर्दशन गर्दासमेत उनी हिरासत मुक्त नभएपछि नेता कार्यकर्ताहरुको आत्मविश्वास कमजोर हँुदै गएको देखिन्छ । साथै रवि रिहाइको आन्दोलनमा पोखरेली जनताले समेत रास्वपालाई साथ नदिए पछि उनीहरु निर्विकल्प खाली हात काठमाडौं फर्किनु पर्ने अवस्थामाछन् ।

देशैभरबाट नेता कार्यकर्ताहरुलाई पोखरा केन्द्रित गरीआन्दोलनमा उत्रिँदा खर्च व्यवस्थापनमा समेत रास्वपालाई हम्मेहम्मे परेको देखिन्छ । सुरुको दिनदेखि पोखरामा रहेरआन्दोलनको नेतृत्व गरिरहेका रास्वपाउपसभापति स्वर्णिम वाग्लेले हिरासतमा रहेका लामिछानेको बयान लम्ब्याएर दुःख दिन खोजिएको भन्दै आक्रोश पोखेका छन् । पहिला थुन्ने, अनि सोध्न थाल्ने शैली अपनाउँदै सभापति लामिछानेको मानमर्दन र अपमानित गर्ने शैलीमा सरकार प्रस्तुत भएको उनले आरोप लगाएका छन् ।

सूर्यदर्शन सहकारी संघर्ष समितिले रास्वपाका कार्यकर्ताले दिनहुँ सडक आन्दोलन गरेर अनुसन्धान प्रभावित पार्न खोजेको आरोपलगाउँदै आफूहरुकोआन्दोलनमा ऐक्यबद्धता जनाउन राजनीतिक दल, नागरिक समाज र उद्योगी व्यवसायी लगायतलाई आग्रह गरेको छ । सहकारी पीडितहरुले बिहीबार पनि थाल र चम्चा लिएर विरोध प्रदर्शन गरे । सहकारी ठगी प्रकरणमा दोषीहरुलाई कारबाही र आफूहरुको बचत रकम फिर्ताको माग गर्दै उनीहरुले पोखराको मुस्ताङ चोकमा बिहीबार प्रदर्शन गरेका हुन् । सहकारी पीडितको आन्दोलनमा सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले साथ दिएको छ । यसले पनि पोखरामा सहकारी पीडितको आन्दोलन झनै चर्किने देखिन्छ । रास्वपा सभापति लामिछाने पक्षधर र सहकारी पीडित दुवै पक्षले एक साथ विरोधका कार्यक्रम गर्दा पछिल्ला केही दिनदेखि पोखरा अशान्त बन्दै आएको छ ।

अनुसन्धानका लागि हिरासतमा रहेका रास्वपा सभापति लामिछानेले आफूमाथि लागेको अभियोगसम्बन्धमा प्रहरीलाई इन्कारी बयान दिइरहेका छन् । सरकारी वकिलकातर्फबाट जिल्ला अदालतमा भएको बहसमा रविले सहकारीको रकम अपचलनमा जीबी राईलाई मात्रै दोषी देखाएर आफू पन्छिने गरेका छन् । उनले आफूगार्खा मिडिया प्रालिको कर्मचारी मात्र भएकाले रकम अपचलनमा तत्कालीन सूर्यदर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई लाई नै थाहा छ भन्दै सवै दोष उनीमाथि थोपर्ने गरेका छन् ।सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेका लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमासमेत अनुसन्धान अगाडि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

योसँगै लामिछानेले राजनीतिमा प्रवेश गर्नु अघिदेखि हालसम्म जोडेको सम्पत्ति र उनको परिवारको चल÷अचल सम्पत्ति सम्बन्धमा छानबिन हुने भएको छ ।स्रोतका अनुसार ‘रविविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गर्न कास्की प्रहरीले त्यससम्बन्धी प्रतिवेदन तयार गरिरहेको छ । सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनछेक बहस भएपछि लगत्तै सम्पत्ति शुद्धीकरणको मुद्दासमेत दर्ता गर्ने तयारी रहेको देखिन्छ । यसैबीच, कास्कीमा बयान सकिएलगत्तै रविलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बयानका लागि पठाइने छ ।जुन–जुन सहकारीको रकम गोरखा मिडियामा पुगेको छ, ती सहकारी भएका जिल्लामा मुद्दा दर्ता भएकालेत्यहाँ रवि र छविलाई बयानका लागि पठाइने प्रहरीले जनाएको छ ।