Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Uncategorized

श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४-० को अग्रता


काठमाडौँ – साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० गोलको अग्रता लिएको छ ।

पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले दुई तथा सविता राना मगर र सावित्रा भण्डारी साम्बाले एक-एक गोल गरे ।

खेलको आठौं मिनेटमा सबिताले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । सावित्राले दायाँ साइडबाट उपलब्ध गराएको क्रसमा पेनाल्टी स्पटको ठीक अगाडिबाट सबिताले वान टचमै गोल गरिन् ।

जारी साफमा पहिलो पटक खेलिरहेकी सावित्राले ११औं मिनेटमा उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । प्रीति राईको थ्रो पासमा विमल विकले दिएको पासमा सावित्राले करिब २५ यार्ड टाढाबाट सुन्दर गोल गरेकी थिइन् । यस संस्करणमा पहिलो गोल गरेकी सावित्राले नेपालका लागि गोल संख्या ५४ पुर्‍याइन् ।