बिजनेस

तिहार फ्लोरा एक्स्पो २०८१ को सम्पुर्ण तयारी पूरा

काठमाडौँ— तिहार फ्लोरा एक्स्पो २०८१ को सम्पुर्ण तयारी पूरा भएको आयोजक नर्सरी व्यवसायी संघ नेपालले जानकारी दिएको छ । आज राजधानीमा पत्रकारसम्मेलन गर्दै संघले तिहारको उत्सव फूलको महोत्सवू भन्ने नाराका साथ नर्सरी व्यवसायी संघ नेपालले कार्तिक ९ गते देखि १३ गते सम्म काठमाडौको भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो गर्ने जानकारी दिएको हो ।

तिहारलाई लक्षित गरि गोदावरी, मखमली लगायत नर्सरी फलफूल कृषि बन तथा जडिबुटीहरुको प्रदर्शनी हुने आयोजक नर्सरी व्यवसायीसंघ नेपालकी उपाध्यक्ष तथा मेला संयोजक लक्ष्मी महर्जनले बताउनु भयो । नर्सरी र नर्सरीजन्य उत्पादनको आयात र परनिर्भरतालाई कम गरी स्वदेशी उत्पादनलाई वृद्धि गर्न र तिहारको अवसरमा हुने फूलहरुको आयात कम गर्न पाँच दिने बृहत्त फूल तथा नर्सरीजन्य प्रदर्शनीले सहयोग पुग्ने आयोजक नर्सरी व्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताउनु भयो ।

मेलामा ६५ वटा व्यवसायीक स्टल लगाएत वनस्पती विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ३ स्टल तथा प्रतिश्पर्धाको २ वटा स्टल सहित जम्मा ७० वटा स्टल रहने छ । मेलामा ३५ हजारले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा आयोजकको छ ।

मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरु लगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरी बाट उत्पादित विविध प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरणको लागि राखिने बताइएको छ । साथै मलखाद, अर्गानिक एवं रासायनिक बिषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने छ । संस्थाले व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिश्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्र सहित सम्मान गर्ने बताएको छ ।

एक्सपो अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ, विद्यार्थीहरू र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैयाँ तोकिएको छ ।दोस्रो तिहार फ्लोरा एक्सपोको प्रवर्द्धक संस्थाहरूमा पुष्प विकास केन्द्र र वनस्पती विभाग रहेको छ भने विशेष सहयोगी कम्पनीहरूमा शलोम एग्रीकल्चर, सेवा म्यानुफयाक्चरिङ, अर्गानिक बायो फर्टिलाइजर र ग्रिस्मा नर्सरी रहेका छन् ।

ूनर्सरी व्यवसायको विकास, विस्तार एवम् स्वच्छ वातावरणसहित आय र रोजगारू भन्ने नारा सहित देशभरि छरिएर रहेका समग्र नर्सरी, पुष्प, फलफूल, कृषि वन तथा जडिबुटी नर्सरी व्यवसायीहरुको हक हित र व्यवसायिक क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले २०८० असोज १५ गते नर्सरी व्यवसायी संघ स्थापना भएको थियो । संघले गतबर्षबाट तिहार लक्षित गर्दै तिहार फ्लोरा एक्सपोको आयोजना गरेको हो ।

हालसम्म संघले २ वटा एक्स्पो सम्पन्न गरि सकेको छ भने नर्सरी बाटिका, वृक्षारोपण तथा रक्तदान तथा तालिम प्रदान लगायतका सामाजिक कार्यसमेत गरिसकेको छ ।

तिहार फ्लोरा एक्स्पो २०८१ को सम्पुर्ण तयारी पूरा भएको आयोजक नर्सरी व्यवसायी संघ नेपालले जानकारी दिएको छ । बुधबार राजधानीमा पत्रकारसम्मेलन गर्दै संघले ूतिहारको उत्सव फूलको महोत्सवू भन्ने नाराका साथ नर्सरी व्यवसायी संघ नेपालले कार्तिक ९ गते देखि १३ गते सम्म काठमाडौको भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो गर्ने जानकारी दिएको हो ।