दुर्घटना

ललितपुरमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु


काठमाडौँ— ललितपुरको बागमती गाउँपालिका–३ माझखोलामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन घर भएका २८ वर्षीय चालक भरत लामिछाने छन् ।

माझखोलास्थित सडकमा बा २ च ९६६८ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई आज बिहान दुर्घटना भएको थियो । दुर्घटनामा चालक भरत लामिछानेको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सहचालकको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।