देश

निःशुल्क समाचार लेखन एवंम रेडियो तथा प्रविधि उपयोग प्रशिक्षण


काठमाडौँ — शेर्पा संचार समूह नेपालले १० दिने निःशूल्क समाचार लेखन एवंम रेडियो तथा प्रविधिको उपयोग सम्बन्धि प्रशिक्षण आयोजना गर्ने भएको छ । तालिम यहि कात्तिक २० गतेदेखि सञ्चालन गर्न लागेको छ । वरिष्ठ पत्रकार तथा प्रशिक्षक कपिल काफ्ले , रेडियो नेपालका कार्यकारी निदेर्शक एवंम वरिष्ठ पत्रकार अम्मरध्वज लामा , सञ्चारकर्मी एवंम पोडकास्टर विश्व लिम्बुले सहजीकरण शेर्पा सञ्चार समूह नेपालकी कोषाध्यक्ष तथा तालिमका संयोजक ल्हमु शेर्पाले जानकारी दिनुभयो । उक्त तालिममा कार्तिक २० २१ र २३ गते विहान ९ देखि ११ बजेसम्म पत्रकार तथा पोडकास्टर विश्व लिम्बुले प्रविधिको प्रयोग र सामाजिक संजालको उपयोगवारे प्रशिक्षण दिने छन ।

रेडियो नेपालका कार्यकारी निदेर्शक एवंम वरिष्ठ पत्रकार कार्यक्रम प्रशिक्षक अमरध्वज लामाद्धारा कार्तिक २४ गते विहान ६ बजेदेखी ८ बजे समग्रमा रेडियो पत्रकारितावारे कक्षा सञ्चालन हुनेछ । त्यस्तै कार्तिक २६ देखी मंसिर १ गते ६ बजेदेखी ८ बजेसम्म वरिष्ठ पत्रकार एवंम प्रशिक्षक कपिल काफ्लेले समाचार लेखन सम्बन्धि प्रशिक्षण दिने संस्थाले जनाएको छ । यी सबै तालिम अनलाइन मार्फत हुने भएकाले विश्वको जुनसुकै ठाँउबाट सम्पर्क तालिममा सहभागी हुने सक्नेछन । तालिममा सहभागी हुन १८ गतेभित्र फारम भरिसक्नु पर्नेछ ।