Breaking

रवि छुटाउन निकिताको लबिङ, देउवा फकाउने जिम्मा मनिषलाई


सहकारीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनमा सरकार लागेको देखिएको छ । सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा पाँच विपक्षी दलको ध्यानाकर्षणपत्र बुुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमिताको अनुसन्धान अघि बढेको स्पष्ट पारे । तर, समितिले कारबाहीको सिफारिस गरेका सबै व्यक्ति उपर अनुसन्धान नगरी सीमित व्यक्तिमाथि प्रतिशोध साधिएको आरोप प्रतिपक्षले लगाउँदै आएका छन् ।

एमाले सांसद सूर्य थापा नेतृत्वमा बनेको सहकारी ठगीसम्बन्धी संसदीय विशेष छानविन समितिको प्रतिवेदनले सहकारी पीडितहरुको समस्या हलभन्दा पनि कलह मच्चाउनेभूमिका खेलेको भन्दै विरोधका आवाजहरु गुन्जिनथालेको छ ।प्रतिवेदनले कार्वाहीको सिफारिस गरेकाहरु मध्ये आफ्नालाई संरक्षण र विपक्षमा रहेकालाई अनुसन्धानको दायरामा ल्याएको आरोप सरकारमाथि लागिरहेको छ । छानविन समितिले सूर्यदर्शनलगायत सहकारीको पैसा गोरखा मिडियामा ल्याएर दुरूपयोग गरेको भन्दै कार्वाहीका लागि सिफारिस गरेका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भई रास्वपाका सभापति रवि लामिछाने पाँच दिनदेखि कास्की प्रहरीको हिरासतमा छन ।

समितिले कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका सांसद ऋषिकेश पोखरेललाई पनि आवश्यक अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको थियो । तर वर्तमान सरकारले उनीहरुलाई छुट दिँदा एउटै प्रकृतिको प्रकरणमा रास्वपा सभापति रवि भने पक्राउ परे । यसबाट रास्वपा नेता कार्यकर्ता आक्रोशित बनेका छन् । धनराज र ऋषिकेशलाई भने सरकारले बोक्ने काम गरेको उनीहरुको आरोप छ । रवि पक्राउको दिन शुक्रबारदेखि उनका समर्थकहरुले सरकारले प्रतिशोध साध्नपक्राउ गरेर फसाउन खोजेको भन्दै प्रधानमन्त्री ओली र सरकार विरोधी प्रदर्शन चर्काउदै आइरहेका छन् । रवि पक्राउकोपाँचौ दिन मंगलबार पनि उनकासमर्थकहरुले पोखराको जिरो किलोमिटरमासरकार विरोधी कार्यक्रम गरे। रविको पक्षमा सडकमा उत्रिएका उनीहरुले रिहाइको माग गरिरहेका छन् ।

पोखरामा भएको मंगलबारको विरोध सभामा नेपालमा तानासाहको जन्म भएको भन्दै रास्वपाकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेकी थिइन् ।

सहकारी ठगी र संगठित अपराध गरेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेमाथि प्रहरीले सोमवारदेखि बयान लिन थालेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँगको बयानमा रविले इन्कारी बयान दिएका छन् ।रविले आफू गोरखा मिडियामा पुग्दा सहकारीको रकम भित्रिसकेको बयानमा बताएका छन् । आफू कामदार भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईले लिनुपर्ने रविको तर्क छ । सोमबार करिब चार घण्टा सीआईबीले उनीसंग बयान लिएको थियो ।प्रहरीले मंगलबार पनि रविसँग बयान लिएको छ । रविको बयान र उनका कानुन व्यवसायीले एउटै स्वरमा रवि गोर्खा मिडियामा जानु भन्दा पहिला नै सहकारीबाट रकम आएको भन्दै सोको जिम्मेवारी तत्कालीन अध्यक्ष जीबी राईले लिनु पर्ने तर्क गरेका छन् । तर हाल जीबी राई फरारको सूचीमा छन् ।

उनलाई पक्राउ गरी नेपाल झिकाउन नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड नोटिस जारी गरिसकेको छ। लामिछाने गृहमन्त्री हँुदा मलेसियामा रहेका भनिएका जीबी राईलाई हालसम्म सरकारले पक्राउ गर्न सकेको छैन । उनै जीबीमाथि सम्पूर्ण आरोपको भारी बोकाउँदै लामिछाने भने चोखिन खोजिरहेका छन् । रविमाथि सूर्यदर्शनसहित पाँच वटा सहकारीबाट ६५ करोडभन्दा बढी रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप छ । ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले दिएको समय बुधवार सकिँदै छ ।त्यसैलेबुधबार पुनः कास्की जिल्ला अदालतमा म्याद थपका लागि उनलाई अदालत लगिने प्रहरीले जनाएको छ ।यता रास्वपाले अहिले आफ्नो आन्दोलनमा सहकारी पीडितको पनि साथ खोजेको देखिन्छ । मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले निरन्तर सहकारी पीडितहरुसंग छलफलमा रहेको जानकारी दिँदै उनीहरुलाई पनि यो आन्दोलनमा सहभागी हुन आग्रह गरेको बताए ।

सहकारी ठगीको आरोपमा एक महिनादेखि कास्की प्रहरी हिरासतमा रहेका रविका सहयात्री एवं पूर्व डीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही पु¥याइएको छ । रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको आरोपमा मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा बयान लिइएको हो ।जोशीको बयान चलिरहँदा जिल्ला अदालत नजिकै सहकारी पीडितहरूले प्रदर्शन गरेका थिए । सुप्रिम सहकारीको ठगी प्रकरणमा भने लामिछानेलाई प्रहरीले प्रतिवादी नबनाएको बताएको छ ।