Breaking

भिस्ताराको विमानमा कुनै शंकास्पद वस्तु फेला परेन, उडान नियमित


काठमाडौँ – भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा कुनै शंकास्पद वस्तु फेला नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो ।

उक्त विमानमा कुनै पनि शंकास्पद वस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित रूपमा सञ्चालन भइरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । उनले विमानमा शंकास्पद वस्तु फेला नपरेपछि विमानलाई खतरामुक्त घोषणा गरिएको बताए ।

भारतको नयाँदिल्लीबाट काठमाडौंस्थित विमानस्थलमा दिउँसो ४ः३० बजे अवतरण गरेको भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको विमानमा बम राखेको हल्लापछि सेनाको डिस्पोजल टोलीले दिउँसो ४ः३० बजेदेखि साँझ ७ बजेसम्म विमानको जाँच गरेको थियो ।