अन्तर्राष्ट्रिय

इजिप्ट मलेरियामुक्त देश घोषणा


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले इजिप्टलाई आधिकारिक रुपमा मलेरियाबाट मुक्त घोषणा गरेको छ ।

करिब एक शताब्दीको प्रयासपछिइजिप्टलाई मलेरियाबाट मुक्ति दिलाउन सफलता भएको बताइएको छ । इजिप्ट प्राचीनकालदेखि नै मलेरियाबाट त्रस्त थियो ।

संयुक्त राष्ट्रसंघको स्वास्थ्य एजेन्सी डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेब्रेयससले इजिप्टमा मलेरियाका बिमारी इतिहासका पन्नामा समेटिएको र भविष्यका लागि यसको खतरा समाप्त भएको बताएका छन् ।

इजिप्टलाई मलेरिया मुक्त घोषणा गर्ने अभियान त्यहाँका जनता र सरकारको प्रतिबद्धताको प्रमाण भएको डब्ल्यूएचओले बताएको छ ।