Breaking

गृहको धङधङीले बद्नाम बन्दै मन्त्री, ६ पुगे प्रहरी खोर, रविको परीक्षा (भिडियो)


काठमाडौं । सुरुवात वर्तमान गृहमन्त्री रमेश लेखकबाट नै गरौँ । लेखकले गृहमन्त्रालय सम्हालेको सय दिन बितेको छैन । तर एकपछि अर्को बदनामीको टिका लगाई रहेका छन् । दाइ, भाउजु उर्फ सभापति शेरबहादुर देउवा र आरजु राणाको आशीर्वादमा गृह हत्याएका लेखक अहिले दाइ, भाउजुकै दवाव र इशारामा चल्दा गृह हाँकेर कद बढाउनुको सट्टा आफ्नो राजनीतिक छविसमेत धुमिल पारिरहेका छन् ।

गृहसचिवको व्यवस्थापनदेखि प्रहरी अधिकारीहरुको सरुवा बढुवामा मनोमानी गर्दा उनी चौतर्फी आलोचित छन् । बाढी पहिरोको प्राकृतिक विपत्तिमा उदाङगिएका गृहमन्त्री लेखक अहिले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको घटनाले थप विवाद र राजनीतिक घेराबन्दीमा परेका छन् । गृह सम्हालेको सय दिन बित्नै लाग्दा पनि सिन्को नभाँचेका गृहमन्त्री लेखकको काम नै दाई भाउजुको निर्देशन पालना गर्ने र प्रहरी संगठनलाई निर्देशन दिनमै बितेका छन् ।

लेखक अघि उपप्रधानसहित गृहको तालाचाबी सम्हालेका रवि लामिछाने सर्वाधिक विवादित मध्येमा पर्छन् । जनमतको अवज्ञा गर्दै पदीय प्रलोभनमा परेर २०७९ पुषमा पहिलो पटक गृहमन्त्री बनेका रवि लामिछाने महिना दिनमै नागरिकता विवादले पदच्युत बने । उपनिर्वाचनमार्फत दोस्रो पटक सदन छिरेका लामिछाने सहकारी ठगी प्रकरणमा विवादित हुँदाहुँदै पनि राजनीतिक परिस्थितिको मौका छोप्दै २०८० फागुनमा गृहमा कमव्याक गरे ।

गृहमन्त्री नहुँदै सडकदेखि सदनसम्मै लखेटिएका रवि एमाले–माओवादीको सरकार ढलेपछि सत्ताबाट बाहिरिए । तत्कालीन समयमा संसदीय छानविन समिति बनाएर सत्ता जोगाएका लामिछाने अहिले छानविन समितिको प्रतिवेदन कार्यान्वयनमा आउँदा हिरासतको हावा खान पुगेका छन् । विगतमा अनुसन्धानमा सघाउने हुँकार गरेका रविले हिरासत पुगेपछि अहिले सडकबाटै दवाव दिएर न्यायिक प्रक्रिया बिथोल्ने गतिविधिमा लागेका छन् ।

कानुनी राज्यको पाठ अरुलाई सिकाउँदै हिँडेका रवि अहिले त्यही कानुन आफूमाथि लागु हुँदा राज्यसत्तालाई निरकुंश देख्न थालेका छन् । राजनीतिमा उदय हुनासाथ मुद्दैमुद्दामा फसेका रवि र उनका नेता तथा कार्यकर्ताहरुले सडकमा राजनीतिक अपरिपक्वताको नाङगो नाच देखाइरहेका छन् ।

(बाँकि सामाग्री भिडियो सहित)