Breaking

हिटलर शैलीमा ओली, भीम रावलपछि बिन्दा भित्तामा, एमालेमा बोल्नै डराउँछन् नेता (भिडियो)


काठमाडौं । दुई कार्यकालदेखि नेकपा एमालेको नेतृत्व गर्दै आएका अध्यक्ष केपी शर्मा ओली पार्टीका सर्वेसर्वा हुन् । उनले एमाले भनेकै ओली र ओली भनेकै एमाले भएको छवि स्थापित गराएका छन् ।

ओली हिँड्ने बाटो एमालेको पथ बन्दा, उनले बोल्ने बोली नै पार्टीको मार्ग निर्देशन र नियम बन्छ । तर, यो सब सर्वप्रिय भएरभन्दा पनि उनी निरङ्कुश भएर भएको भन्दा फरक पर्दैन । किन भने उनले चालेका कदम र देखाएका कार्यशैलीले यसैलाई पुष्टि गर्छ । नेतादेखि उम्मेदवार र मन्त्री छात्रेसम्म नै पार्टीभित्र ओलीकै मनोमानी चल्ने गरेको छ ।

यहाँसम्म कि ओलीको विचारसँग असहमति जनाउनेहरू सबै कारबाहीमा पर्छन् । स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना र पूर्वउपाध्यक्ष भीम रावल यसको पछिल्ला उदाहरणहरू हुन् । एमालेले केन्द्रीय पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णय विपरीत अभिव्यक्ति दिएको भन्दै उनीहरूलाई स्पष्टीकरण सोध्ने भएको छ ।

केन्द्रीय कार्यालय निर्माणका लागि व्यापारीबाट जग्गादान लिने कुरालाई एमालेले पार्टीको आधिकारिक निर्णय भने पनि विन्दा पाण्डेले पार्टीमा कुनै छलफल नै नभई अध्यक्ष ओलीले एकल निर्णय गरेको बताएकी थिइन् ।

एमालेमा ओलीको निर्णयलाई लालमोहर लगाउने बाहेक अन्य विकल्प कोही नेतासँग छैन । किन भने, ओलीको विरुद्ध जो जान्छन्, तिनले एमालेबाट आफ्नो राजनीतिक भविष्य कै हात धुनु पर्ने खतरा मोल्नु पर्ने हुन्छ ।

ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका घनश्याम भुसाललाई पार्टीमा बस्ने वातावरण नहुँदा उनी चुनावको मुखैमा नेकपा एकीकृत समाजवादीमा शरण लिनु पर्ने अवस्थामा पुगेका थिए । त्यस्तै १० औं महाधिवेशनमा ओलीसँग जोरी खोज्दै अध्यक्षमा भिडेका डा. भीम रावललाई भित्तामै पु¥याई दिएका छन् ।

(बाँकि सामाग्री भिडियो सहित)