अन्तर्राष्ट्रिय

किमसँग ड्रोनको लफडामा दक्षिण कोरिया, युद्ध हुने अवस्था आएको हो ? (भिडियो)


काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियामाथि आफ्नो राजधानीमा ड्रोन उडाएको आरोप लगाएपछि दुई देशबीच महिनौँदेखि चलिरहेको तनाव थप चर्किएको छ । उत्तर कोरियाले राजधानी प्योङयाङमा दक्षिण कोरियाली ड्रोनले कथित रूपमा प्रचारका पर्चाहरू छरेको दाबी गरेको छ । दक्षिण कोरियाले तनाव भड्काउने काम गरेको भन्दै यसबाट सशस्त्र द्वन्द्व र युद्ध पनि निम्त्याउन सक्ने उत्तर कोरियाले भनेको छ ।

शुक्रबार दक्षिण कोरियामाथि यस्तो आरोप लगाएको उत्तर कोरियाले सीमामा रहेका सेनालाई गोली चलाउन तम्तयार रहन आदेश दिएको बताएको छ । दक्षिण कोरियाले पनि आफू त्यसको जवाफ दिन तयार रहेको बताएको छ । दक्षिणले आफ्ना नागरिकको सुरक्षामा कुनै पनि बहानामा आक्रमण गरे त्यो उत्तर कोरियाली शासनको अन्त्यको संकेत हुने चेतावनीसमेत दिएको छ । मंगलबार उत्तर कोरियाले दक्षिण कोरियासँग जोड्ने दुईवटा सडकको केही भाग भत्काएको थियो । उसले १४ लाख युवाहरूले सेनामा भर्ती हुन वा सेनामा फर्कनका लागि आवेदन दिएको दाबी पनि गरेको छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले यसै वर्षको जनवरीमा दक्षिण कोरिया आफ्नो पहिलो शत्रु भएको घोषणा गरेका थिए । ड्रोन खसालेको पछिल्लो घटनापछि उत्तर र दक्षिण कोरियाबीच पहिलेदेखि नै चर्कंदै गएको तनाव उत्कर्षमा पुगेको छ ।

अक्टोबर ११ मा उत्तर कोरियाको विदेश मन्त्रालयले दक्षिण कोरियामाथि प्योङयाङमा दुई हप्तासम्म राति राति ड्रोन पठाएको आरोप लगाएको थियो ।

(बाँकि सामाग्री भिडियो सहित)