Breaking

सरकारको सय दिन: जनअपेक्षित काम भएन, सुधारका काम क्रमिक रुपमा भइरहेको दाबी


काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको आज एक सय दिन पूरा भएको छ।

नागरिकमा देखिएको निराशा चिर्दै राजनीतिक स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधन गर्ने लक्ष्यसहित गत असार ३० गते सरकार गठन भएको हो।

सरकार गठनलगत्तै कांग्रेस र एमालेका नेताहरुले अब एक दिन पनि काम नगरी बस्ने छुट नभएको बताएका थिए। तर एक सय दिन हुँदासमेत सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै आलोचना हुन थालेको छ ।

दुई ठूला दलबीचको सहमतिसमेत कार्यान्वयनमा आएको छैन । गत असार १७ गते भएको सातबुँदे सहमति अनुसार सरकारले अर्थतन्त्र र परराष्ट्र सम्बन्धमा सुधारसँगै नागरिकलाई सेवा प्रवाह र बृहत्तर हितका पक्षमा क्रमिक सुधारका प्रयास गरिरहेको दाबी गरेको छ।