Breaking

छविलाल जोशीलाई बयानका लागि बुटवल लगियो


काठमाडौँ – सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बुटवल लगिएको छ ।

कास्की प्रहरी हिरासतमा रहेका छविलाललाई आज बिहान जहाजमार्फत बुटवल लगिएको हो ।

छविलाललाई दिउँसो ३ बजेको पोखरादेखि भैरहवा जहाजबाट ल्याएर इलाका प्रहरी कार्यालय बुटवलमा मुद्दा रहेकोले बुझाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी लक्ष्मी खनालले बताइन् ।

‘उहाँको मुद्दा इप्रका बुटवलले हेरेको छ, हामीले बुझेर बुटवलमा पठाएका छौं, भोलिदेखि अनुसन्धान सुरू हुन्छ, कति दिनमा सकिन्छ टुंगो छैन’, उनले भनिन् ।

सुप्रिम सहकारीको अपलचन प्रकरणमा बयानका लागि जोशीलाई ल्याइएको बताउँदै उनले बयान सकिएपछि पुनः पोखरा पठाउने जानकारी दिइन् ।