Breaking

अमेरिकाविरूद्धको टी–२० सिरिजमा नेपालको क्लिनस्विप


काठमाडौं । नेपालले घरेलु टोली अमेरिकाविरूद्धको तीन खेलको टी–२० सिरिज क्लिनस्विप गरेको छ।

आज भएको तेस्रो टी–२० खेलमा ८ विकेटको जितसँगै नेपालले सिरिज ३–० ले आफ्नो पक्षमा परेको छ ।अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १८ दशमलव ४ ओभरमा पूरा गरेको हो ।

नेपालको जितमा कुशल मल्लले नटआउट ४४ रन र कुशल भुर्तेलले नटआउट ४० रन जोडे। ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे।

यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच आइसिसी विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक सिरिज हुनेछ। लिग–२ को सिरिज ग्रान्ड प्रिएरीमै आगामी आइतबारदेखि सुरू हुँदैछ।