Breaking

विपक्षी दलहरूले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै


काठमाडौं । विपक्षी दलहरूले बाढीपहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराएर अल्पकालीन र दीर्घकालीन योजनासहित पुनस्र्थापना र पुनर्निर्माणमा लाग्न सरकारसँग माग गर्ने भएका छन् ।

प्रमुख प्रतिपक्ष दल माओवादी, प्रतिपक्ष दलहरू रास्वपा, एकीकृत समाजवादीलगायतका दलहरूले बाढीपहिरो प्रभावितलाई राहत, पुनस्र्थापना, पुनर्निर्माणको विषय समेटेर प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउन लागेका हुन् ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । सरकारले माग पूरा नगरे संसद्को विशेष अधिवेशनको माग गर्ने तयारी विपक्षी दलहरुको छ ।