Breaking

नेपालले दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै, साम्बा पनि सहभागि हुने


काठमाडौं । जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आज आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ साढेपाच मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ । आजै श्रीलंका र भुटानबीच दिउँसो साढे १ बजे खेल हुनेछ ।

यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । आजको खेलमा नेपालका लागि फरवार्ड सावित्रा भण्डारी साम्बाले खेल्ने संभावना रहेको छ उनी हिजो राति फ्रान्सबाट काठमाडौं आइपुगेकी छिन् । उनी टिममा सहभागि भएकाी भइसकेकी छन् ।

माल्दिभ्सविरुद्ध खेल्दा नेपाललाई जित आवश्यक छ । समूह बी मा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ । माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित भएको थियो ।