Breaking

न्युजिल्याण्डले जित्यो आईसीसी महिला टी–२० विश्वकपको उपाधि


काठमाडौं । न्युजिल्याण्डले पहिलो पटक आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

दुबईमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड विश्व विजेता बनेको हो । न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।न्युजिल्याण्डले तेस्रो पटक फाइनल खेल्दा पहिलो पटक महिला टी–२० विश्वकपको उपाधि जितेको हो ।

सन् २००९ मा सुरु भएको महिला टी–२० विश्वकपको सुरुवाती दुई संस्करणको फाइनल खेलेको न्युजिल्याण्ड उपविजेता बनेको थियो ।सन् २००९ को पहिलो संस्करणमा इंग्ल्याण्डसँग पराजित भएको न्युजिल्याण्ड २०१० को दोस्रो संस्करणमा अष्ट्रेलियासँग पराजित भएको थियो ।

न्युजिल्याण्डले सेमिफाइनलमा पूर्वविजेता वेष्ट इन्डिज तथा दक्षिण अफ्रिकाले साविक विजेतासहित सर्वाधिक ६ पटकको च्याम्पियन दक्षिण अफ्रिकालाई हराएर लगातार दोस्रो पटक फाइनल यात्रा तय गरेको थियो ।