Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

हर्क साम्पाङको कार्यबाहकसम्बन्धी निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश


काठमाडौँ— वडा अध्यक्षलाई कार्यबाहक नगर प्रमुखको जिम्मेवारी दिने धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।

अदालतले वडाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिनुको कारण पनि माग गरेको छ । आइतबार उपप्रमुख आइन्द्रबिक्रम बेघाले दायर गरेको रिटमा न्यायाधीश ध्रुवराज नन्दको इजालसले प्रमुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

साम्पाङले उपमेयर बेघा कार्यकक्षमा हुँदाहुँदै नाताले मामाससुरा पर्ने वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएर बेलायत गएका थिए । बेलायतबाट उनी २ नोभेम्बरमा फर्कनेछन् । उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यबाहक दिएपछि धरानमा विवाद भएको थियो । प्रमुखको निर्णयविरुद्ध उपप्रमुख बेघा अदालत गएका थिए ।

अदालतले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र धरान नगर कार्यपालिका कार्यविभाजन नियमावली, २०७४ मा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट मेयर साम्पाङको निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो ।