Breaking

सरकार नढलेसम्म सडकमै रहन कार्यकर्तालाई रवि लामिछानेको अपिल


काठमाडौँ— सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेले यो सरकार नढलेसम्म सडकमै रहन कार्यकर्तालाई अपिल गरेका छन् । पक्राउपछि म्याद थपका लागि अदालत पु¥याएका बेला लामिछानेले यस्तो अपिल गरेका हुन् ।

उनले भने, “केपी ओलीको सरकार रहिरहने हो भने देशले धेरै दुःख पाउँछ । अन्यायवादी सरकारका विरुद्ध देशैभरबाट सडकमा निस्कनुपर्छ । झुटा मुद्दामा फसाउने योजना छ । यो सरकार नढलेसम्म यस्तै हर्कत गरिरहन्छ । सबैले सडकबाटै दबाब दिन जरुरी भइसकेको छ ।”