Breaking

पोखरामा रास्वपा समर्थकमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार


काठमाडौँ— सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका रवि लामिछानेको समर्थनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

नाराबाजीसहित भिड अनियन्त्रित हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो ।

पानीको फोहोरा र अश्रग्यास हानेपछि आन्दोलत पक्ष तित्तरबित्तर भएका थिए । निषेधित क्षेत्रमा पसेर प्रदर्शन गरेपछि प्रहरीसँग धकेलाधकेलको स्थिति बनेको हो । यद्यपि अझै रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र अझै छोड्न मानेको छैनन् ।

अटेरी गरे थप बल प्रयोग गर्न बाध्य हुने प्रहरीले माइकिङ गर्दै चेतावनी दिइरहेको छ । सहकारी ठगी मुद्दामा शुक्रबार काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सोही दिन राति पोखरा लगिएको थियो ।

शनिबार सार्वजनिक बिदा रहेकाले उनलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो । लामिछानेलाई अदालतमा उपस्थित गराउने दिन सहकारी पीडितसमेत मुस्ताङ चोकमा प्रदर्शन गरिरहेका छन् ।