Uncategorized

रवि छुट्ने र मुद्धा चल्ने कानुनी चिरफार, संगठित अपराध र ठगीको कस्तो छ सजाय?


सहकारी ठगी आरोपमापक्राउ परेकारवि लामिछाने अहिले कास्कीप्रहरीको हिरासतमाछन् । शुक्रबार बेलुकाआफ्नै पार्टी कार्यालयबाट नियन्त्रणमा लिईएकाउनलाई प्रहरीले अदालतमा समेत आईतबारमात्रै उपस्थित गराउने छ । विशेषतयसलाई अहिले राजनीतिपुर्वाग्राहका रुपमै व्याख्यागर्ने बाटोमा रास्वपाका नेताकार्यकर्ता लागिपर्दा कानुनीप्रक्रियाचाँहि के हुन्छ त ?

सहकारी ठगी आरोपमापक्राउ परेकारवि लामिछानको प्रक्रिया के हुन्छ भन्ने चासो अहिले सर्वत्र । अहिले उनका नेताकार्यकर्ता सडक आन्दोलनमै उत्रिदाकानुनी बाटोकाबारेमा समेत बुझिरहेका छन् भने रविलाई कसरी चाडो रिहाई गराउन सकिन्छ भन्ने नै उनीहरुको एकमात्रलक्ष्य छ । तरशुक्रबार बेलुकाआफ्नै पार्टी कार्यालयबाट पक्राउ परेर कास्कीजिल्लाप्रहरीको हिरासतमा राखिएकाउनलाई प्रहरीले अदालतमा समेत उपस्थित गराएको छैन । जवकिपक्राउ परेकाव्यक्तिलाई २४ घण्टाभित्र अदालतमाउपस्थित गराउनुपर्ने कानुनीप्रावधान छ । तरशनीबार सार्वजनिकविदाभएकाले प्रहरीले रविलाई आइतबार मात्रअदालतमाउपस्थित गराउने छ । त्यसअघि शनीबार विहान ३ बजे पोखरा पुर्याएर प्रहरीले उनको स्वास्थ्थ परिक्षण गरेको छ । अबआईतबार अनुसन्धानकालागिम्यादमागेर प्रहरीले उपस्थित गराएपछि अदालतले दिएको अवधिभर प्रहरीले अनुसन्धानगर्नेछ ।

तर प्रारम्भिक अनुसन्धानबाट थप अनुसन्धानआवश्यकनभएको निष्कर्षमाप्रहरी पुगेमा सरकारी वकिलको अनुमतिमै पनि रवि रिहाहुन सक्छन् ।जहाँथप अनुसन्धानआवश्यक देखिएमाभने प्रहरीले सरकारी वकिलमार्फत पुनःअदालतसँगथप समय माग्ने छ । रविको हकमापक्राउपुर्जी हेर्दा संगठित अपराधमा अनुसन्धानगर्न लागिएको हो । यसले पक्राउअनुमतिपाएकाले ६० दिनसम्म अनुसन्धानको म्यादपाउँने सुविधामाप्रहरी रहने छ । तर यहाँपनि रविभने फाईदामा परेका छन् । किनभने सोही कसुरमापूर्वडीआईजी छविलाल जोशीयसअघि नै पक्राउ परिसकेकाले रविको पनिअभियोजन छविलालसँगै हुने छ । यसको फाईदा भनेको उनी यो कसुरमाभने बढिमा एक महिना हिरासतमा रहने छन् । यसबाहेक उनीमाथिसम्पत्ति शुद्धीकरणको मुद्दामा समेत छानविन गर्ने बाटो छ । यो बाटोमागएभने ९० दिनसम्म हिरासतमा राख्न सकिने कानूनीव्यवस्था छ । जसले रवि फेरि २ महिना हिरासतमा रहन सक्छन् ।यद्यपिउनी निकट कानुनव्यवसायीहरु भने उनलाई प्रारम्भिकअनुसन्धानको चरणबाटै हिरासतमुक्त गराउन सकिने विश्वासमा देखिन्छन् ।

यो त अनुसन्धानको चरणको विषयभयो । अनुसन्धानबाट प्राप्त प्रमाणकै आधारमा सरकारी वकिलको कार्यालयले अदालतमाकुन कसुरमामुद्धा दायर गर्ने भन्ने विषय तय गर्ने हो । अदालतमा मुद्दा दायर भएपछि भने प्रहरीले सरकारी वकिलको रोहबरमालिएको बयानबाहेक अदालतले छुट्टै बयानगर्नेछ । अदालतको बयान सकिएपछि रवि र छवि दुवैको थुनछेक बहस हुने छ । थुनछेक बहस सकिएपछि अदालतले आदेश गर्नेछ । अदालतले पूर्पक्षकालागिथुनामा पठाउने आदेश गरे उनी मुद्दाको फैसलानहुँदासम्मवाअधिकतम सजायअवधिसम्मथुनामा परेपछि माथिल्लो अदालतको आदेशमा रिहाहुनेछन् । चाँडै फैलाभएमा फैसलाअनुसार नै सजायवा सफाइहुनेछ ।जहाँरविआफैले पनिआफूमाथिलाग्न सक्ने भनेर शंका गरेको मुद्धा भने रवि लामिछाने आफैँले आफूविरुद्ध लाग्नसक्ने आशङ्का गरेको अर्को मुद्दा भनेको भने ठगीसम्बन्धी कसुर हो ।

मुलुकीअपराध संहिताको परिच्छेद २१ अन्तर्गत दफा २४९ मा यससम्बन्धीव्यवस्थागरिएको छ ।यो दफाको प्रावधानअनुसार मुद्दा चल्दा सातवर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाहुने व्यवस्था छ ।यता रविले सहकारीबाट पैसा नल्याएको संसदीय समितिको प्रतिवेदनमै उल्लेख छ । यसको अर्थ मुलुकीअपराध संहिताको परिच्छेद २१कै दफा २५१ मा सम्पत्तिको आपराधिकउपयोग गर्न नहुने भनिउल्लेख गरेको विषय समेत रविलाई केन्द्रीतहुने देखिन्छ । ‘सम्पत्तिको आपराधिकउपयोग’ गरेको मानिने यो कसुरमाभने १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्थागरिएको छ । यसको अर्थ रविपक्राउको विषय राजनीतिकउदेश्य पुरा गर्ने भएको व्याख्यागरिदा उनका सकस कम छैनन् ।

यतिमामात्रनभएर रविमाथिअन्यविभिन्नपाँच कसुरमा मुद्धा चल्न सक्ने अवस्था छ । जसमध्ये उनलाई चिन्ताभने संगठित अपराधको हो । यसमाभएका कडा व्यवस्थाले उनी समस्या पर्ने देखिदाँ संगठित रूपमाभएकोअपराधमा सामान्यभन्दा डेढ गुणा बढीसम्म सजायहुनसक्ने व्यवस्था ऐनमा छ ।यहिकारण प्रक्रियाभन्दादवावतर्फ नै अघि बढ्ने बाटोमाउनीहुँदायसलाई राजनीतिक रगँदिनुमै फाईदा देखिरहेका छन् । जसले पुरानादलमाथिप्रहार गर्न पनि सकिने र न्यायिकप्रक्रियालाई स्वीकारेको समेत सन्देश जाने दोहोरो फाईदामाउनी रहँदाजतिसुकै कडा प्रावधानभएपनिकानुनकानौसिङमा खेल्न सक्ने आधार पनिउत्तिकै छन् ।