Breaking

रविमाथि रास्वपाले देखेको सुरक्षा‘थ्रेट’,प्रहरीकै हिरासतमा असुरक्षित?


आफ्ना सभापति रवि लामिछानेपक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टिका नेताकार्यकर्ता अहिले सडककेन्द्रितबनेका छन् । सरकारले रविमाथिपूर्वाग्राह साधेको बताउने उनीहरु जसरी हुन्छ भिड जम्मागर्ने पक्षमा देखिन्छन् । फलत ः रवीको ज्यान नै खतरामापर्नलागेको भाष्यनिर्माण गरिरहेकाउनीहरुको शैलीअहिले प्रश्नको घेरामा छ ।

आफ्ना सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टिका नेताकार्यकर्ता नागरिक उचाल्नलागि परेका छन् । भीड नै देखाएर न्यायिकप्रक्रियाप्रभावितपार्न सकिने जसरी प्रस्तुतभईरहेको उनीहरु अहिले रविको ज्यान नै खतरामा रहेको भाष्यनिर्माण गरिरहेका छन् । उनको पक्राउलाई राजनितिपूर्वाग्राहभन्दै उनीहरु प्रतिवादमाउत्रिदासहप्रवक्तामनिषझाले त भ्रष्टाचार अन्त्य र सुशासनकालागिआफू शहीदबन्नतयार रहेको नै भन्नभ्याए ।

पोखरामाआयोजितविरोध कार्यक्रममा सम्बोधनगर्दै निकै आक्रोशित सुनिएकाउनले रविदाइ मर्न तयार भएआफू पनि मर्न तयार भएकोअभिव्यक्तिदिए। शुक्रबार साझँ पार्टी कार्यालयमाप्रहरीलाई गिरफतारी दिदाको बखत रवि लामिछानेले ‘यदिमलाइजीवित छोडे भने भ्रष्टाचारी कसैलाई छाड्दिनभनेको शव्दलाई टिपेर रविखतरामा रहेको भाष्यनिर्माणमा उनीहरु लागि परेको प्रष्ट छ ।

अझगज्जब त पूर्वउपप्रधानतथा गृहमन्त्रीभईसकेका रविले नै समेत आफ्नो ज्यानजोखिममा रहेको भन्दै माहोल तताए । पक्राउगर्न प्रहरी आएपछिसरकारप्रतिआगो देखिएकाउनले त्यसपछि भ्याएजति सरकारलाई गाली गरे भने आफूलाई बलीचढाउन ओलीलागेको लागेको लेख्न भ्याए । सामाजिक सञ्जालमार्फत् सत्ताधारी दलका नेताहरू लक्षितहमलागर्दै आरोपको प्रतिवाद गरेकाउनले एउटा नेताको राजनीतिजोगाउन र तिम्रो दुईतिहाइको सरकार जोगाइदिन म बली चढ्नुपर्ने?भन्दै प्रश्न गरे ।

त्यस्तै पक्राउपुर्जीमा हस्ताक्षर गर्दा समेतउनले आफ्नो ज्यानखतरामा रहेको जसरी प्रस्तुतभए । ‘यो हातले आजयसमा हस्ताक्षर गरेको छ। यहीहातले कयौँ भ्रष्टाचारीलाई थुन्ने कागजमा हस्ताक्षर गर्छ,’ लामिछानेले भने, ‘म बाँचे भनेँ, यिनीहरूले जिउँदो मलाई छाडे भनेँ यो हातले सब भ्रष्टाचारी जतिलाई जेल लानकालागि हस्ताक्षर गर्छ।

’यीदुई प्रसगलाई विम्वका रुपमाउनले प्रयोग गरेको भन्न सकिने ठाँउ भएपनिअर्को बबण्डर त उनले प्रहरीले पोखरा लग्दा गरे । अर्थात आफूलाई स्थलमार्गबाट पोखरा लग्नआग्रह गरेकाउनलाई नेताकार्यकर्ताले स्कटिङ गरे ।यसरी आफ्नो ज्यानमाथिजुनसुकै बेला जे सुकै हुन सक्ने जसरी प्रस्तुतभएर प्रहरीको विश्वनियतामाथि नै प्रश्न उठाँउदा उनले आफूले पनिकुनै वेलात्यहिप्रहरी चलाएको विर्सिए । जसले रविजतीको व्यक्तिलाई त प्रहरी सकाईदिन सक्ने रहेछ भने हाम्रो हालत के होलाभन्ने प्रभावआमनागरिकमा पर्ने खतरा नै बढाएको छ ।

यहि देशमाउनीभन्दा अघि पूर्वउपप्रधानमन्त्रीतथा गृहमन्त्रीलाई प्रहरीले पक्राउ गरेको ईतिहास छ । उनीहरुमाथि सहि सलामतहिसावलयहिप्रहरी संगठनले छानविन गरेर आफूलाई प्रमाणित गर्दा रविले त्यहि सँगठको विश्वासमाथिप्रश्न उठाईदिए । जसले प्रहरीले पक्राउगर्ने र अनुसन्धान गरेर प्रक्रियामा सहयोग गर्ने भन्दामान्छे फसाउने गर्ने रहेछ भन्ने भाष्यरवि र उनका नेताको यो हर्कतले निर्माण गरेको छ ।

जसले शायदनागरिक उचालेर अनुसन्धानप्रभावितपार्ने र आफ्नो तत्कालिन राजनीतिकफाईदा प्राप्तगर्न रविलाई केहि हदसम्म सहयोग नै गर्ला । तर भीडले प्रभावितपार्ने अभ्यास र राज्यका संयन्त्रमाथि नै अविश्वास सिर्जनाहुने यो तरिकाको शिकार दिर्घकालनमा रवि नै समेत बन्न सक्नेछन् ।