Breaking

रवि रिहाइको मागगर्दै आन्दोलन, स्वर्णिम–मनिष नै सडकमा(भिडियोसहित)


काठमाडौँ – पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

राजनीतिक पूर्वाग्रहमा सभापति लामिछानेलाई पक्राउ गरिएको निष्कर्ष निकालेको रास्वपाले शनिबार माइतीघरमा नाराबाजीसहित विरोध प्रदर्शन गरेको हो ।


प्रदर्शनमा सहभागीहरूले वर्तमान सरकार मुर्दावाद, सहकारी पिडितलाई न्याय दे, दोषीलाई च्याप्ने, निर्दोशलाई न्याक्ने, आई एम विथ रवि लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए ।