Breaking

प्रचण्डलाई विप्लवले भने-माओवादी एकताबद्ध भए २०६४ सालको नतिजा दोहोर्‍याउन सकिन्छ


काठमाडौँ – नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए २०६४ सालको जस्तै परिणाम ल्याउन सक्ने दाबी गरेका छन् ।
चितवनमा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्नसक्ने बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसामु विप्लवले क्रान्तिकारीहरुको एकता आवश्यक रहेको बताए ।

माओवादीकी उपाध्यक्ष पम्फा भुसालले हजारौं योद्धाको बलिदानबाट प्राप्त संविधान कसैले दायाँबायाँ गर्न नपाउने बताइन् । अब माओवादी र वामपन्थी एकताबाट समाजवादी आन्दोलन अघि बढाउनुपर्ने उनको भनाइ छ ।

माओवादीका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जनयुद्धको जगमा जनतन्त्रको एजेन्डा पूरा भएको उल्लेख गर्दै अब जनजीविकाको सवाललाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताए ।

माओवादी आन्दोलनलाई एकताबद्व गरेर समाजवादी क्रान्तिलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।