Breaking

रवि लामिछानेलाई पोखरा पु¥याइयोे, आइतबार अदालतमा उपस्थित गराइने


काठमाडौँ— सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा पु¥याइएको छ ।

जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै राति नै पोखरा पु¥याइएको हो ।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ ।

लामिछानेलेलाई आज सार्वजनिक बिदा परेका कारण आइतबार मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।