देश

काण्डै काण्डमा प्रहरी, जवानदेखि आईजीपी नै विवादमा, हनी ट्र्यापर बिनुलाई सेटिङमा भगाइयो ?


काठमाडौँ— असोज ३० गते नेपाल प्रहरीले धुमधामसँग आफ्नो ६९ औं प्रहरी स्थापना दिवस मनायो । अपराध नियन्त्रण र आमजनताको सुरक्षामा खटिने प्रहरी प्रशासनले स्थापना दिवस मनाउँदै गर्दा नागरिकमा भने प्रहरी प्रतिको भरोसा दिनानुदिन गिर्दो क्रममा देखिन्छ । प्रहरीका उच्चपदस्त व्यक्तिदेखि सिपाहीसम्मै विभिन्न काण्ड र विवादमा मुछिदा सिंगो प्रहरी संगठन नै आलोचित बन्ने अवस्था बनेको छ ।

नागरिकको शान्ति सुरक्षा र अमनचैन कायम गर्ने निकाय नेपाल प्रहरी पछिल्लो समय आफैँविवाद र काण्डमा मुछिदा संगठनकै साख निहुरिने अवस्था बनेको छ । सत्य, निष्ठा र इमान्दारिताको पगरी ओढेर बसेको प्रहरी संगठन स्थापना भएको ६९ औं वर्ष पुगिसकेको छ । तर प्रहरी प्रशासन भनेभित्रभित्रै एक पछि अर्को विवाद र काण्डमा मुछिदै गएको छ । सामान्यतः बेला बेला प्रहरीले घुस लिएका तथ्यहरु बाहिरिने गरे पनि पछिल्लो समय आफैँ रक्षक, आफैँ भक्षक बनेका घटनाहरु सार्वजनिक भएका छन् । प्रहरी नै बलात्कारमा संलग्न भएकोदेखि हनी ट्रयापिङको काण्डसम्म मुछिएको छ । तीस वर्षे उमेर हदले त प्रहरी संगठनै दुई ध्रुवमा विभाजित हुन पुग्यो ।
प्रहरीप्रधानकार्यालयलेअसोज ८ गते ४१ एसपी र १४३ डीएसपीहरुको काजतथा सरुवाको लिस्ट सार्वजनिक ग¥यो ।सार्वजनिकभएको सरुवाको सूचीले संगठनभित्र असन्तुष्टिका साथै विरोधका आवाजहरु गुन्जिए। नेपाल प्रहरी प्रमुख (आईजीपी) बसन्तबहादुर कुँवर यी यावत विवादमा चुइक्क बोलेको देखिँदैन । जसले सिंगो प्रहरी प्रशासन आलोचना र विवादको चौघेरामा पर्दा प्रत्यक्ष रुपमा प्रहरी संगठनमाथिराजनीतिक हस्तक्षेप र सिंगो संगठनले चुस्त दुरुस्त काम गर्न नसकेको आरोप लागिरहेको छ ।

अपराध नियन्त्रण र आमजनताको सुरक्षामा खटिने प्रहरीसंगठन नै विभिन्न अपराधमा संलग्न हुनुले नागरिकमा प्रहरी प्रतिको विश्वास गुम्दै गएको देखिन्छ । संघीयराजधानी काठमाडौंको छिमेकी जिल्ला ललितपुरकोभैँसेपाटी प्रभागकी तत्कालीन प्रमुख, इन्सपेक्टर बिनुकुमारी शाही त‘हनी ट्रयाप’को गिरोहसँग मिलेर लाखौँ रकम असुलीमा दोषी देखिएकी छन् । सो आरोपपछि उनीविरुद्ध अदालतले पक्राउ पुर्जी नै जारी गरिसकेको छ । यद्यपि, अझै उनी पक्राउ पर्न सकेकी छ्रनन् । अर्थात उनी फरार छिन् ।
हनी ट्रयापको गिरोहसँग मिलेर एक व्यवसायीबाट तीस लाख रकम असुलेको आरोप उनीमाथि छ । इन्सपेक्टर बिनुलेआफूमाथि लागेको आरोपको सत्य तथ्य छानविन गर्न सहयोग पु¥याउनुको साटो आफैँ भागेर सिंगो प्रहरी संगठनको बद्नाम गरिन् । सोही घटनामाइन्सपेक्टर शाहीका सवारी चालकसमेत रहेका सहायक हवल्दार महेन्द्र हमाल सुनसरीको इटहरी बस्ने सुष्मा विक, इटहरीकै ताज स्लाम र भीमादेवी थापालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडि बढाउँदा प्रहरीकै नाक मुनीबाट इन्सपेक्टर बिनु फरार हुनुले सिंगो प्रहरीको अनुसन्धानमाथि नै शंका उब्जाएको छ ।छिटो पैसा कमाउने ध्याउन्नमा लाग्दा प्रहरी अधिकारीहरु विवादमा मुछिएको पूर्वप्रहरी अधिकारीको भनाइ छ ।

यस्तै, रक्षक बनेर सुरक्षामा खटिने प्रहरीबाटै नागरिकले असुरक्षित महसुस गर्न थालेका छन् । बैतडी पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १९ वर्षीया किशोरीलाईमहाकाली प्रहरी चौकी डिम्बरका इञ्चार्ज रहेका हवल्दार कृष्णराज जोशीले बेपत्ता पारेको स्थानीयको आरोप छ । गत शुक्रबार बिहान ४ बजे पानी ल्याउनभनेर घरबाट निस्किएकी किशोरी र हवल्दार जोशीबीच विगतदेखि नै फोन सम्पर्क हुँदै आएको अनुसन्धानमा खुलेको छ । युवतीले पानी ल्याउने भन्दै लगेको जर्किन प्रहरी चौकी नजिकै फेला पर्नुले घटनाको सुई प्रहरी इन्चार्ज जोशीतर्फ सोझिएको हो ।
‘प्रहरी मेरो साथी’ नारासहित प्रहरी संगठन अगाडि बढे पनि उक्त नारा भित्ता मात्र सीमित हुन पुगेको देखिन्छ । प्रहरी संगठन भित्रकै व्यक्तिबाट अपराधका घटना घट्नुले निष्ठावान र कर्मठ सिपाहीहरु पनि त्यही भुंग्रोमा परेका छन् । एउटा बिराउने, शाखा पिराउने नेपाली उखानलाई यी घटनाले चरितार्थ गरे पनि प्रहरी संगठन भित्रको अनुशासन, आचरण र मर्यादा भने भत्किँदै गएको हो कि ? भन्ने शंका उब्जाएको छ । यसो हुनुमा राजनीतिक हस्तक्षेप र सेवा सुविधामा भइरहने हेरफेरले समेत विचलनको अवस्था आएको विश्लेषण हुने गरेको छ । तर राष्ट्र सेवक प्रहरी संगठनभित्र झांगिएको विवाद र काण्ड न्यूनीकरणमा बेलैमा नेतृत्वले पहल कदमी नलिने हो भने विचलनको ठूलो खाडलमा पर्ने सक्ने चिन्ता र चासो बढी रहेको छ ।