अन्तर्राष्ट्रिय

पाकिस्तानमा १२ वर्षपछि भारतीय नेताको पाइला, अमेरिकी र चिनियाँ हस्तक्षेप रोक्ने मोदी रणनीति(भिडियो)


काठमाडौं । लामो समयदेखिको सीमा विवाद र एक अर्काबीचको तिक्तताकाबीच भारतीय विदेशमन्त्री डा. एस.जयशंकर पाकिस्तान पुगे । सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन विदेशमन्त्री जयशंकर पाकिस्तानको इस्लामावाद पुगेका थिए । तर जयशंकर विमानस्थलमा अवतरण गरेसँगै स्वागत टोलीमा पाकिस्तान सरकारका कुनै पनि शीर्ष मन्त्री उपस्थित भएनन् ।

जयशंकर पाकिस्तानको राजधानी इस्लामावादमा अक्टोबर १५ र १६ मा भएको एससीओ शिखर सम्मेलनमा भाग लिन पुगेका थिए । एससीओ शिखर सम्मेलनमा व्यापार, मानवीय र सामाजिक मुद्दाहरूमा छलफल भएको छ ।


दुई देशबीच वर्षौंदेखि कायम रहेको तनावका बीच कुनै पनि शीर्ष भारतीय नेतृत्वको पाकिस्तान भ्रमण ९ वर्षपछि भएको हो । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को २३ औं समिटमा भाग लिन जयशंकर इस्लामावाद पुगे पनि दुई देशबीचको सम्बन्धलाई लिएर विश्वले चासोका साथ हेरेका छन् ।

एससीओका सदस्य राष्ट्रका सरकार प्रमुखहरुको बैठकको आयोजना पाकिस्तानले गरेको हो । पाकिस्तानले त्यसमा सहभागिताका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरेको थियो । तर, उक्त समिटमा मोदी नगएर विदेशमन्त्री जयशंकर गएका हुन् । मोदी पहिलो पटक प्रधानमन्त्री भएको एक वर्षपछि सन् २०१५ को डिसेम्बरमा आकस्मिक रूपले पाकिस्तानको यात्रा गरेका थिए ।

(भिडियो सहित)