Breaking

अमेरिकाविरुद्धको टी–२० शृंखलामा विजयी सुरुवात


काठमाडौं । नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको टी–२० शृंखलामा विजयी सुरुवात गरेको छ ।

आज बिहान भएको पहिलो खेलमा नेपालले घरेलु टोली अमेरिकालाई १७ रनले हराएको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्रै बनायो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए । नेपालले दोस्रो खेल आइतबार र तेस्रो तथा अन्तिम खेल सोमबार खेल्नेछ।